अरनिको राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दियो, १ युवकको मृत्यु

216

मंसिर २६,
काभ्रेपलाञ्चोक– धुलिखेल नगरपालिका–४ बाँसघारीमा बसको ठक्करबाट आज मध्याह्न मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको ना ४ ख ९२२१ नम्बरको बसले सोही दिशाबाटै जाँदै गरेको बा ८३ प ३३५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा धुलिखेल नपा–३ कुत्तालका २० वर्षीय सन्त तामाङ गम्भीर घाइते भएको र उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । प्रहरीले बस चालक र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

रासस