मंसिर २८,
हुम्ला । हिउँद लागेसँगै हिमाली जिल्ला हुम्लामा चिसो बढ्न थालेको छ । चिसो बढ्न थालेसँगै हुम्लाका बासिन्दा जाडो छल्न् जिल्ला बाहिर जान थालेका छन् । मङ्सिर, पुस, माघमा बढी चिसोे हुने हुँदा यहाँका बासिन्दा चिसो छल्न जिल्ला बाहिर सर्ने गर्छन् । जाडोयाममा हिउँसँग खेल्न र रमाउन पाइने भएकाले चिसो मौसममा केही पर्यटक भने यहाँ आउने गर्दछन्...
मंसिर २८,
काठमाडौं । नेपाल सरकार पर्यटन प्रवद्र्धन लागि भन्दै नेपाल भ्रमण वर्ष २०२० मनाउनने तयारीमा छ ।
त्यसको लागि राज्यका सबै निकाय सँग सहकार्य गर्दैछन् तर पर्यटन क्षेत्रको मुख्य गन्तव्य मानिने सोलुखुम्वुको खुम्वु क्षेत्रमा हुने गरेको पर्यटन माथिको ठगी, टे«किङ गाईड र मजदुर माथिको दुव्र्यवहारमा स्थानीय तहकै संरक्षणमा ठगी धन्दा चलिरहेको स्थानीयको आरोप छ । खुम्वु पासाङल्हामु गाउँपलालिकामा रहेको खुम्वु...
मंसिर 27,
कलाकारको रूपमा कुन्जना घिमिरेलाई नचिन्ने सायदै होलान् । सानोपर्दाको हाँस्यशृङ्खला ‘मेरी बास्सै’मा सुन्तली नामको चरित्र निर्वाह गरेर सर्वत्र चिनिएकी उनको परिचय पछिल्लो समय समाज सेवीको रूपमा पनि अगाडि आउने गर्छ । कलाकारिताकै जोडी अभिनेता सिताराम कट्टेलसँग प्रेम विवाह गरेकी उनी सीतारामसँगै समाज सेवामा पनि लागिपरेकी छन् । सानो पर्दाको अलवा विज्ञापन, चलचित्रमा पनि बाक्लै देखिने उनी अहिले चलचित्र...
मंसिर २७,
बुटवल– गएराति दुई बजेअघिसम्म बेहुलाको घरबाट फोनमा बेहुली लिएर आउँदै गरेका जन्तीलाई सोधिँदै थियो– कहाँ आइपुग्यो ? भनेर । जवाफ हुन्थ्यो– मौरीघाटमा खाना खाँदैछौँ, अब छिट्टै आउँछौँ । तयारी गर्दैगर्नु । बेहुला बेहुली भित्र्याउन आतुर र हर्षित थिए आफन्तजनहरू । रत्यौली पनि चल्दै थियो । बेहुलाका बाबु साकाहारी भएकाले पूर्णतः भेज आइटम बनाइँदै थियो ।...
मंसिर 27,काठमाडौं– शिक्षक सेवा आयोगले अस्थायी शिक्षक सहभागी प्राथमिक तह, तृतीय श्रेणीको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले विभिन्न मोरङ, सुनसरी, जुम्ला, डोटी, धनकुटा र कैलाली जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।
नतिजा हेर्नुहोस्ःडोटी जिल्लाको नतिजा
धनकुटा जिल्लाको नतिजा
कैलाली जिल्लाको नतिजा
मोरङ जिल्लाको नतिजा
सुनसरी जिल्लाको नतिजा
जुम्ला जिल्लाको नतिजा
मंसिर २७,
काठमाडौं — मुलुक विखण्डनको अजेन्डा बोक्ने सिके राउत र विध्वंस्तामक कार्यमा संलग्न भएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी प्रति सरकार कडा देखिएको छ । राजनीतिक आवरणमा छाड्न नमिल्ने भन्दै धमाधम पक्राउ र मुद्धा चलाउन थालेपछि मुलुकका शान्ति र अमनचयन कामय भएको सरकारको निष्कर्ष रहेको छ ।विगतमा कमजोर मुद्धा बनाएर अदालतमा लाने र बन्दी प्रत्यक्षीकरण छुट्दै...
मंसिर २७,
काठमाडौँ — सरकारले ५० अर्ब रुपैयाँभन्दा बढी लागत र नयाँ प्रविधिमा आधारित आयोजनालाई प्रतिस्पर्धै नगराई प्रधानमन्त्री नेतृत्वको समितिले सोझै दिन सक्ने कानुन बनाउन लागेको छ ।‘राष्ट्रिय प्राथमिकता प्राप्त केही पूर्वाधार संरचना आयोजनाको द्रुततर निर्माण तथा विकाससम्बन्धी विधेयक’ मा ठूला आयोजनाको निर्माण सम्झौता सोझै गरिने र यसको निर्णय प्रधानमन्त्रीको अध्यक्षतामा बन्ने आयोजना निर्देशक समितिले गर्ने उल्लेख छ ।...
मंसिर २७,
काठमाडौँ – पुर्खाले सूर्यको छायाँको सहयोगमा बिहान। दिउँसो अनि तारा र नक्षत्र नियालेर रातको घडीपला यकिन गरी घर गृहस्थी चलाएको अभ्यास वर्तमान पुस्ताका लागि दन्त्यकथा बनिसक्यो । विज्ञान प्रविधिमा भइरहेका नयाँ–नयाँ प्रयोगले समयको सूचक ‘घडी’को परिभाषालाई फराकिलो बनाइरहेका बेला नेपालमै परम्परागत घडी ब्युँत्याउने तयारी गरिएको छ । वरिष्ठ खगोलविद् जयन्त आचार्यले घामको छायाँको सहयोगमा सयम यकिन गर्न...
मंसिर २७,
काठमाडौं मद्रशिला श्रेष्ठ तीन सन्तान माईतीको जिम्मा लगाई साउदी अरब गईन् ।
नेपालबाट जान प्रतिबन्ध रहेकाले उनी भारतको बाटो रोजिन् । यो २०६५ सालको कुरा हो ।
केचनाकवल ६ झापाकी ४८ बर्षीया भद्रशिला साउदी उडेको १० बर्षपछि शुक्रबार मंसिर २१ बाकसमा आईन् ।
छोराहरुले आमाको शव पाउने आशा पनि मारिसकेको थिए । मृत्युको ६ बर्षपछि बल्ल...
मंसिर २६,
काठमाडौं– काठमाडौंको बत्तिसपुतलीस्थित राममन्दिरमा पनि विवाह पञ्चमी पर्व भव्यताका साथ मनाइएको छ । बुधबार बिहानै भगवान रामको विवाह भएको दिनको अवसर पारेर विशेष भक्ति संगित कार्यक्रम आयोजना गरि राममन्दिरमा विवाह पञ्चमी पर्व मनाइएको हो । यसै अवसरमा सो मन्दिरमा भगवान राम र सीताको विवाहको महिमासहितको सांस्कृतिक कार्यक्रम पनि आयोजना गरियो । विवाह पञ्चमीमा राम र सीताले विवाह...


