मंसिर २५,
झापा । अन्तर्राष्ट्रिय मानवअधिकारको दिवसको अवसर पारेर भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको माग गर्दै प्रदर्शन गरेका छन् । शरणार्थी समस्या सुल्झाउन दबाब पु¥याउने उद्देश्यले शरणार्थीहरुले शिविरमा प्रदर्शन गरेका हुन् । शिविरमा दातृ निकायको सहयोगमा शिविर व्यवस्थापन समितिले गरेको कार्यक्रमलाई लक्षित गरी प्रर्दशन गरिएको भुटानी रिकन्सिलेसन कमिटी भुटानका संयोजक कृष्णवीर तामाङले बताउनुभयो । प्रदर्शनका क्रममा स्वदेश फर्कन चाहने शरणार्थीले कार्यक्रममा आएका दातृ निकाय उच्च पदाधिकारी, मानव अधिकारकर्मी समक्ष आफ्ना माग पूरा गर्न अनसनसमेत छन् ।
भुटानबाट लखेटिएका वृद्धवृद्धा समेतले आफूहरुको स्वदेश फर्कन पाउने अधिकार सुनिश्चित गर्न माग गरी प्रदर्शनमा सहभागिता जनाएका हुन् । प्रदेश सांसद अर्जुन राईले शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्च आयोग दमक शाखाका प्रमुख खालिड फन्साले शरणार्थीहरुले दातृ निकाय र नेपाल सरकारबाट नियमित सहयोग पाइरहेको बताउनुभयो । त्यस्तै, भूटानी शरणार्थी अपाङ्ग सङ्घकी अध्यक्ष देवीमाया गुरुङ, शिविर सचिव टीकाराम रसाइलीले शरणार्थीको मुद्धालाई दातृ निकाय र नेपाल सरकारले त्यतिकै छोड्न नमिल्ने बताउँदै समस्या समाधान गर्न माग गर्नुभयो ।