पानीपुरी र चटपटे खानुहुन्छ ? अमिलो बनाउन एसिड मिसाइन्छ

98

पुस २५,
काठमाडौं । स्ट्रिट फुडको नाम लिनेबित्तिकै धेरैजसोले पानीपुरी र चटपटे सम्झिन्छन् । अमिलोरपिरो खान मन पराउनेका लागि यी खाद्यपदार्थ रोजाइमा पर्छन् । विशेषगरी, युवतीमाझ पानीपुरी र चटपटे लोकप्रिय छ । कतिपयले खाजाका लागि खान्छन् भने कतिले स्वादका लागि मात्र । पानीपुरी र चटपटे संस्कृति भारतबाट सुरु भएको हो । पछिल्लो समयमा यो नेपालमा समेत व्यावसायिक रूपमै अघि बढेको छ । साथै, यी पदार्थ एसियाका अन्य केही देशमा समेत खाने गरिन्छ ।

कस्तो नखाने ?
स्वस्थकर खाद्यपदार्थ समावेश गरेर सफा गरी बनाइएको पानीपुरीरचटपटे स्वास्थ्यका लागि राम्रै मानिन्छ । तर, बाटोमा जताततै पाइने यी चिज स्वास्थ्यका लागि उपयोगी हुन् भन्न सकिने अवस्था भने छैन । अब जानौँ, कस्तो पानीपुरी र चटपटे अखाद्य हो ?

यस्ता असर
असुरक्षित तरिकाले बनाइएका यी खाद्यपदार्थले अस्थायी र स्थायी दुई किसिमका असर गर्छ । बासी खानेकुरा हालेर बनाइएको पानीपुरी र चटपटेले पेट दुख्ने, फुड पोइजन हुने, बान्ता हुने, झाडापखाला लाग्ने आदि जस्ता समस्या देखिन्छन् । त्यस्तै, रासायनिक वस्तुको प्रयोगले आन्द्रा, पेटसँगै समग्र पाचन प्रणालीमा दीर्घकालीन असर पु(याउने सम्भावना रहन्छ ।

-अमिलो बनाउने नाममा यदाकदा पानीपुरीमा एसिड र अन्य रसायनजन्य अखाद्यपदार्थसमेत मिसाइएको पाइन्छ ।
-पानीपुरी र चटपटे खुला रूपमा बाटोमै बेचिने हुँदा धुलो–धुवाँजस्ता बाहिरी प्रदूषणयुक्त पदार्थसमेत खानेकुरामा परिरहेको हुन्छ ।
-कुन पानीपुरी वा चटपटे खानयोग्य छरछैन भन्ने बनाउने मान्छेको स्वास्थ्य र सरसफाइमा समेत भर पर्ने गर्छ । बनाउन प्रयोग गर्ने रुमाल, कागज, पानी, भाँडा आदि सफा हुनु अनिवार्य छ । साथै, हात नधोईकन वा अन्य बाहिरी वस्तुको सम्पर्कमा आएर सीधै पानीपुरी वा चटपटे बनाएको हुनुहुँदैन ।
(बनाउँदा सधैँ पन्जा प्रयोग गरेको हुनुपर्छ । यसले केही हदसम्म सफा बनाउन मद्दत गर्छ । बनाउन प्रयोग गरिने चिजहरू जस्तै– पानी, पुरी, उसिनेको आलु आदि बासी हुनुहुँदैन । – नयाँ पत्रिका