Friday, June 26, 2026
Home Blog Page 1842
काठमाडौँ, २५ पुस प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकार सांसदप्रति उत्तरदायी हुनुपर्ने बताउनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकको सुरुआतमै काङ्ग्रेसका सांसद उठेपछि सभामुख कृष्णबहादुर महराले सांसद खाँणलाई बोल्न समय दिनुभएको थियो । सांसद खाँणले प्रतिनिधिसभा नियमावलीमा सभामुखको अनुमतिले प्रधानमन्त्री तथा मन्त्रीले सार्वजनिक वक्तव्य दिइसकेपछि सांसदले समय माग गरेर प्रश्न गर्न पाउने व्यवस्था रहेको उल्लेख गर्नुभयो ।यही पुस...
काठमाडौँ २५ पुस सङ्घीय संसद्, राज्य व्यवस्था तथा सुशासन समितिले लागुऔषध ओसारपसारसँग सम्बन्धित गतिविधि रोक्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।सिंहदरबारस्थित समितिकोसभा कक्षमा आज बसेको समितिको बैठकले सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण, सीमा अपराध र सङ्गठित अपराध नियन्त्रण गर्न र आतङ्ककारी गतिविधिलाई रोक्न थप मिहेनत र परिश्रमका साथ काम गर्नेतर्फ सशस्त्र प्रहरी बलका सबै अधिकृत र जवानलाई परिचालित गर्न गृह...
पुस २५, काठमाडौंशिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले फेरि पनि सरकारले आफूहरुलाई धोका दिएको बताएका छन्। ‘हामी जनताका लागि लडेका छौं, ओली प्रचण्डले माफियाका लागि ऐन बनाएका छन्,’ केसीले प्रतिक्रिया दिएका छन्, ‘अब फेरि लड्छु।’ केसीले आफू बुधबार दिउँसो ४ बजेदेखि नै अनशन बस्ने जानकारी गराएका छन्। उनले १५ औँ अनशनका बेलामा भएका सहमति कार्यान्वयन गर्नुको सट्टा सरकारले धोका...
काठमाडौं पुस २५ भुकम्प प्रभावित गुम्वा, विहार स्तुपाहरुको पुनः निर्माणको पूर्ण बजेट सहित सुनिश्चितताको लागी नेपाल गम्वा विहार महासंघले पहल गर्ने भएको छ । हालै काठमाडौंमा सम्पन्न महासंघ कार्यसमितिको कैठकले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलाई ५० प्रतिसत रकम स्थानीय तह र गुम्वा व्यवस्थापन समितिले उपलब्ध गराउने भन्ने निर्णय सच्याउन ज्ञापन पत्र दिने निर्णय गरेको महासंघ द्धारा प्रकाशित प्रेस विज्ञप्तीमा...
काठमाडौँ, २५ पुस -राष्ट्रियसभाको आजको बैठकमा पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सङ्ग्रहालय र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मघरको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।बैठकको विशेष समयमा सांसद दीनानाथ शर्माले सुन्दरीजलमा रहेको विश्वेश्वरप्रसाद कोइरालाको सङ्ग्रहालय कुनै व्यवस्थित नभएको र पुष्पलालको जन्मस्थल रामेछापको भँगेरीमा रहेको घरसमेत भूकम्पले भत्किएपछि पुनःनिर्माण हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।सांसद शर्माले जननेता पुष्पलालको...
पुस २५, काठमाडौँ — राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको छ । २३ जना समिति सदस्य मध्ये बुधबार १८ जना मात्रै उपस्थित थिए। जसमा १४ जना नेकपाका सांसद थिए भने ४ जना कांग्रेसका सदस्य थिए। कांग्रेस सांसदले सरकार र प्राध्यापक डा। गोविन्द केसीबीच भएका सम्झौता अक्षरश;विधेयकमा समेट्नुपर्ने भन्दै विधेयक प्रतिवेदनमा असहमति प्रकट...
काठमाडौँ, २५ पुस; राष्ट्रियसभाको आजको बैठकमा सांसद कोमल ओलीले तपस्वी भनिने रामबहादुर बम्जनले महिलामाथि हिंसा गरेको सार्वजनिक हुँदा पनि पक्राउ नगरेकोमा आपत्ति प्रकट गर्नुभयो ।सांसद ओलीले शून्य समयमा बोल्दै सानो बुद्ध भनेर बसेका तपस्वी बम्जनले महिलामाथि हिंसा गरेको र महिला बेपत्ता पारेका भनी पीडित पक्ष स्वयम् आउँदासमेत पक्राउ नपरेकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सञ्चारमाध्यममा करीब एक हप्ताभन्दा अगाडिदेखि...
बाजुरा, २५ पुस बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगोले जलेर आमासहित दुई बालकको मृत्यु भएको छ । चिसोको बेला छाउगोठमा ताप्नका लागि बोलेको आगो निभाउन बिर्सिदा भएको आगलागीबाट आमासहित दुई बालकको मृत्यु भएको बताइएको छ ।मृत्यु हुनेमा सोही नगरपालिका–९ वडा अगाउँपानीमा बस्ने ३५ वर्षीया आमा अम्बा बोहरा, उहाँका छोरा १२ वर्षीय सुरेश बोहरा र नौ वर्षीया रमित...
काठमाडौँ, २५ पुस तपाईं सवारी साधन चलाउनुहुन्छ ? चलाउनुहुन्छ भने जथाभावी पार्किङ नगर्नुहोला । ट्राफिकले ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाउन सक्छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न ‘ह्वील लक’ लगाउने कार्य शुरु गरेको छ ।महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी...
पुस २५, भक्तपुर । भक्तपुरमा गएराती भएको सवारी दुघएटनामा परेर एक जनाको मृत्यु भएको छ । महानगरिय प्रहरी परिसर भक्तपुरले दिएको जानकारी अनुसार सृजनानगरबाट दुवाकोट तर्फ जादै गरेको बा.९४ प ७१७४ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका–४ बस्ने बर्ष २९ को सहिद तामाङको उपचारकै क्रममा मृत्यु भएको परिसरका सुचना...