काठमाडौँ, २६ पुस
प्रधानसेनापति पूर्णचन्द्र थापाले भोलिदेखि छ दिने भारत भ्रमण गर्नुहुने भएको छ । प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक उहाँ आफ्ना भारतीय समकक्षीस्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।भ्रमणको क्रममा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीयस्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्नबाट पुस २८ गते सम्मान गर्नुहुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा...
काठमाडौँ, २६ पुस -अमेरिकाको राज्य तहको डेलिगेटमा विजयी हुनुभएका ह्यारी भण्डारीले बुधबार मेरिल्याण्ड जनरल एसेम्बलीमा शपथ लिनुभएको छ । उहाँले हिन्दू धर्मको मूल ग्रन्थ वेदलाई हातमा लिएर शपथ लिनुभएको छ ।मेरिल्याण्डको स्टेट राजधानी एनापोलिसमा आयोजित एक समारोहमा अन्य डेलिगेटसँगै भण्डारीले पनि शपथ लिनुभएको हो । शपथग्रहण पश्चात रासससँग कुरा गर्दै डेलिगेट भण्डारीले भन्नुभयो, “मैले अमेरिकामा आएर यो तहको सफलता...
काठमाडौँ, २६ पुस -प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको दुई दिवसीय भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री तारो कोनोले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभयो ।त्यस अवसरमा नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो । मन्त्री कोनो नेतृत्वको जापानी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपालको सामाजिक, आर्थिक विकासमा जापानबाट निरन्तर सहयोग प्राप्त भएकामा आभार व्यक्त गर्दै...
कान्तिपुर दैनिक/अब्दुल्लाह मियाँ
पुस २६,
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले नियुक्तिकै दिनदेखि मितव्ययी बन्न र भ्रष्टाचार नगर्न आफ्ना मन्त्रीलाई झकझक्याइरहेका छन् । तर, १० महिने कार्यकालमा मन्त्रीहरूले जिल्ला भ्रमणमा गरेको खर्च केलाउँदा कसैले पनि निर्देशन पालना गरेको देखिन्न । यो सरकारका २५ मन्त्रीले जिल्ला र विदेश भ्रमणको खर्चमा अघिल्लो शेरबहादुर देउवा नेतृत्वको ‘जम्बो मन्त्रिपरिषद्’ लाई पनि उछिनेका छन् । २०७४ फागुन पहिलो सातादेखि मंसिरसम्म...
नयाँ पत्रिका दैनिक
पुस २६, काठमाडौं । सांसदका पिएलाई शाखा अधिकृतसरहको सुविधा दिने संसद् सचिवालयले उनीहरूबाट नागरिकताको फोटोकपी मात्र लिन्छ । सांसदका आफन्त नै भए पनि कम्तीमा शाखा अधिकृतसरहको शैक्षिक योग्यता हुनुपर्ने हो । तर, अहिले जागिर खाइरहेका पिएहरूको शैक्षिक योग्यता कति हो रु संसद्मा कतै अभिलेख छैन । सांसदले आफ्नो पिएको नागरिकताको फोटोकपी मात्रै संसद्मा प्रस्तुत गर्छन् । त्यसैका आधारमा सांसदको...
समाचारपत्र दैनिक
पुस २६, काठमाडौं । नेपाल–जापानबीच सिधा हवाई उडानसहित विविध सम्झौता भएको छ । द्धिपक्षिय परामर्श संयन्त्र र नेपाली कामदार जापान लाने ‘मोडालिटी’ तय गर्न दुवै मुलुक सहमत भएका छन् । सन् १९९३ मा भएको हवाई सम्झौता पुनरावलोकन गर्नेबारे दुवै मुलुकबीच बुधवार सम्झौता भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उहाँका जापानी समकक्षी तारो कोनो संलग्न द्धिपक्षिय भेटवार्तामा...
नयाँ पत्रिका दैनिक
पुस २६, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका अवकाशप्राप्त कर्मचारी लीलाप्रसाद श्रेष्ठले गृहजिल्ला पाँचथर छाडेको धेरै वर्ष भइसक्यो । दुई महिनाअघि उनको स्थायी ठेगाना फिदिम–३ मा आन्तरिक राजस्व कार्यालय बबरमहलले एउटा पत्र पठायो । संयोगले पत्र आएका वेला उनका दाइ घर पुगेका थिए । उनले सो पत्र काठमाडौं ल्याएर भाइलाई दिए । पत्र खोलेर पढेका मात्र के थिए, लीलाप्रसाद बेहोस भए ।...
नयाँ पत्रिका दैनिक/नवराज मैनाली
पुस २६, काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सात महिनादेखि अनुसन्धानको दायरामा राखेको खुलेको छ । अस्ट्रेलिया पठाउने भनेर ठगी गरेको आरोपमा सिआइबीबाट पक्राउ परेकी एक महिलाले राजदूत शेर्पासँगै मिलेर आफूले पैसा उठाएको बयान दिएपछि उनी अनुसन्धानको दायरामा तानिएकी हुन् । २ जेठमा पक्राउ परेकी सोलुखुम्बु गोरखानी गाउँपालिका–२ घर भएकी...
हाच्छिउँ रोक्ने प्रयास तपाईंको लागि प्राणघातक हुन सक्छ भनेर कहिल्यै सोच्नुभएको छ? डाक्टरहरुका अनुसार, हाच्छिउँ आउँदा यसलाई रोक्न यदि तपाईंले नाक र मुख बन्द गर्नुभयो भने गम्भीर चोट लाग्न सक्छ। इंग्ल्यान्डको लेस्टर शहरमा ३४ वर्षीय एक व्यक्तिको उपचारको क्रममा के पत्ता लाग्यो भने, हाच्छिउँ रोक्ने कोसिसका कारण उसको घाँटीका कोशिकाहरु फाटेका थिए। साइन्स जर्नल बिएमजे केस रिपोर्टमा डाक्टरहरुले बताएका...
-जम्बला लामा,
अर्थात् सरकारले गठान गरेको संसदिय सुनुवाई समितिको नौंटंकी कर्मकाण्डीले गर्दा २ करोडा ८० लाख जनता र ९ जना उजुरी कर्ता नै तीनछक्क परेको छ । मतलब साफ छ सरकारले सर्बोच्चको प्रधानन्यायधिस सिफारिस गर्नको लागि तीन प्रकारका सुनुवाई समिति गठान गरेको थियो। १) न्याय परिषद् २) संवैधानिक परिषद् र ३) संघीय संसदिय सुनुवाई समिति।अघिल्लो ६ महिना अगाडीको प्रधानन्यायधिशमा न्याय...


