Friday, October 30, 2026
Home समाचार गुम्वा पुननिर्माणमा पूर्ण बजेटको लागी महासंघले पहल गर्ने

गुम्वा पुननिर्माणमा पूर्ण बजेटको लागी महासंघले पहल गर्ने

228

काठमाडौं पुस २५
भुकम्प प्रभावित गुम्वा, विहार स्तुपाहरुको पुनः निर्माणको पूर्ण बजेट सहित सुनिश्चितताको लागी नेपाल गम्वा विहार महासंघले पहल गर्ने भएको छ । हालै काठमाडौंमा सम्पन्न महासंघ कार्यसमितिको कैठकले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलाई ५० प्रतिसत रकम स्थानीय तह र गुम्वा व्यवस्थापन समितिले उपलब्ध गराउने भन्ने निर्णय सच्याउन ज्ञापन पत्र दिने निर्णय गरेको महासंघ द्धारा प्रकाशित प्रेस विज्ञप्तीमा जनाइएको छ । साथै २०७४ साल भाद्र १५ गते भुकम्प प्रभावित गुम्वा विहार पुननिर्माण संघर्ष समिति संग भएको ६ बुदे सम्झौता कार्यन्वयन गरी गुम्वा विहारको पनः निर्माणको सुनिश्चितता प्रदान गर्न महासंघका सचिव दिपक दोर्जे लामा द्धारा हस्ताक्षरित विज्ञप्तीमा माग गरिएको छ । विज्ञप्तीमा भनिएको छ “यस विषयमा महासंघ कार्यसमितिले प्राधिकरणको निर्णय त्रुटिपुर्ण हचुवाको भरमा आएको गैर–जिम्मेवार निर्णय ठहर गरेकाले उक्त निर्णय अमान्य भएको निर्णय गरियो ।”

उत्त कार्यका लागी स्थानीय तहको धारणा बुझ्न महासंघले जिल्ला प्रतिनिधिहरु तोकेको छ । जिल्ला प्रतिनिधिहरुले सम्बन्धित जिल्लामा रहेका पालिकाहरु बाट रकम उपलब्ध गराउन सक्ने÷नसक्ने के हो त्यसको जानकारी संकलन गर्ने छन । उक्त जानकारी सहित पुननिर्माण प्राधिकरणमा ज्ञापन पत्र दिने महासंले जनाएको छ । साथै संघिय स्वरुप र समाबेशीककतालाई समेत ध्यानमा राखी महासंघको विद्यान संसोधनको लागी गठित मस्यौदा समितिलाई मस्यौदा तयार गरी कार्यसमितिमा पेश गर्न निर्देशन दिएको छ ।