पुस २८,
काठमाडौं । विवेकशील साझा पार्टी दुई टुक्रा भएको २४ घण्टामा पार्टीका नेताहरुबीच आरोप प्रत्यारोप जारी छ ।
पार्टीबाट बाहिरीएर नयाँ पार्टी बनाएका उज्वल थापाले वैकल्पिक पार्टी निर्माण अभियानलाई धोका दिएको आरोप लगाए । विवेकशील साझाका संयोजक थापासहित १६ जनाले ‘विवेवशील नेपाली पार्टी’ ब्यूँताएका थिए । विवेकशील साझा पार्टीबाट अलग भएको समूहले पार्टीमा व्यक्ति हाबी हुन थालेपछि...
पुस २८,
काठमाडौँ । मकर संक्रान्ति, माघे संक्रान्ति र घ्यू चाकु खाने दिनको नाममा प्रचलित यो संक्रान्ति सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरेको उपलक्ष्यमा यो चाड मनाउने धार्मीक प्रचलन रहिआएको छ । पुस ३० गते राति सूर्यले आफ्नो राशि बदल्ने भएकाले भोलिपल्ट अर्थात माघ १ गते मकर संक्रान्ति मनाइन्छ । भारतीय ज्यातिषाचार्य पं। मनीष शर्माका अनुसार मकर संक्रान्तिमा अमृत...
२७ पुस, काठमाडौं
सरकारले डेड वर्षअघि लगाएको जग्गा कित्ताकाट फुकुवा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जमिन कित्ताकाट खुला गरेको जानकारी दिइन् ।रोक्का गर्दा ब्यबहारिक कठिनाइ भएको र बिभिन्न विकृति भएका कारण जग्गा कित्ताकाट खुला गर्नुपरेको र सम्बन्धित स्थानीय तहले खेतीयोग्य जग्गा होइन भनेर सिफारिस गरेपछि जग्गा कित्ताकाट गर्न...
काठमाडौँ, २७ पुस
कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई २१ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४÷७५ को वितरणयोग्य नाफाबाट १५ दशमलव ०५३ प्रतिशत नगद लाभांश र छ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको हो ।यस्तै सरकारको हाल कायम रहेको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक छ प्रतिशतले हुने नगद...
घोराही, २७ पुस
पूर्वराष्ट्रपति डा.रामवरण यादवले डरलाग्दो गरी बढेको प्रदूषणले आफूलाई धेरै चिन्तित बनाएको बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ दाङले घोराहीमा आयोजना गरेको छलफल एवं स्वागत सम्मान कार्यक्रममा डा यादवले उद्योगीलाई वातावरणीय अवस्थालाई ख्याल राखेर मात्रै आफ्ना उद्योगधन्दा सञ्चालन गर्न आग्रह गर्नुभयो ।‘दाङ निकै सुन्दर उपत्यका छ तर यहाँ चार÷पाँच वटा सिमेन्ट उद्योग छन्, सुन्दर ठाउँमा किन उद्योग खोलिए...
काठमाडौँ, २७ पुस
राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले २९७औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज आयोजित समारोहमा सरिक भई उहाँको शालिकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उहाँको योगदानको स्मरण गर्नुभयो ।सो अवसरमा नेपाली सेनाको बैण्डसहितको टुकडीले सम्मान अर्पण गरेको थियो । विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण...
काठमाडौँ, २७ पुस
थाइल्याण्डमा हुने महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली महिला टोलीले चीनको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ ।भोलि शनिबारदेखि आगामी माघ ५ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’...
पुस २७, काठमाडौं
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन समयमा हुन नसकेको भन्दै संस्थापन समूहका सात जना पदाधिकारीले राजीनामा दिएका छन्। पटक पटक म्याद थप्दा पनि अध्यक्ष नैनसिंह महरले महाधिवेशन गर्न नचाहेको भन्दै राजीनामा दिएका हुन्। राजीनामा दिनेहरुमा उपाध्यक्षहरु पुष्पाकुमार शाही, संजय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, प्रकाश घिमिरे र अच्युतराज कलौनी रहेका छन्।...
काठमाडौँ, २७ पुस
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको एकीकरण अभियानमा पृथ्वीनारायण शाहलाई सम्मान गर्दा निरंकुश राजतन्त्रको कुरा नगरेको बताउनुभएको छ ।आज २९७आँै पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानलगायतले आयोजना गरेको शोभायात्रा कार्यक्रममा उहाँले छरिएर रहेको नेपाल एक बनाउने अभियन्ताका रूपमा शाह रहेकाले सरकारले उहाँको जन्मजयन्तीलाई सम्मान गरेको बताउनुभयो ।“नेपालमा रहेका धर्म, संस्कृति भाषालाई गोलबद्ध गर्ने काम उहाँले...
काठमाडौँ, २७ पुस
नेपालका सहकारीमा रु तीन खर्ब दुई अर्ब बचत सङ्कलन भएको छ । राष्ट्रिय सहकारी महासङ्घका अनुसार कूल ३५ हजार ५१२ सहकारीमा उक्त रकम बचत सङ्कलन भएको हो । सङ्कलित रकममध्ये रु दुई खर्ब ७२ अर्ब ऋण लगानी भएको महासङ्घका नायव महाप्रबन्धक बाबुल खनालले जानकारी दिनुभयो । राज्यको तीनखम्बे अर्थनीतिमध्येको एक सहकारीले ६० हजार बढीलाई रोजगारी दिएको खनालले...


