Friday, June 26, 2026
Home Blog Page 1838
नयाँ पत्रिका दैनिक पुस २९, काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि व्यापक बहस भइरहेका वेला निजी मेडिकल कलेजहरूले मनपरी शुल्क लिएका छन् । सरकारले उपत्यकामा ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजारसम्म लिएर एमबिबिएस पढाउन सकिने व्यवस्था गरेको छ । तर, मेडिकल कलेजहरूले १४ लाखसम्म बढी शुल्क लिएको भेटिएको छ । वीरगन्जस्थित नेसनल मेडिकल कलेजले एमबिबिएसका विद्यार्थीसँग सरकारले तोकेभन्दा...
पुस २९, लहान । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ स्थित घुर्मीपुलबाट एक किलो ७५७ ग्राम सुनसहित सशस्त्र प्रहरीको टोलीले शनिबार छ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा सिरहा नम्बर ७ बाट खटिएको टोलीले काठमाडौँतर्फ जाँदै गरेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कार्पियो जीप चेकजाँच गर्ने क्रममा सुनसहित सिरहाको लहान नगरपालिका–१९ निवासी ३२...
समाचारपत्र दैनिक पुस २९, दैलेख । नौमूमे गाउँपालिकाका अध्यक्षले आफूलाई कुटपिट र मानसिक यातना दिने गरेको भन्दै उहाँकी ४२ वर्षीया पत्नी दिलमाया बुढाले दैलेख जिल्ला अदालतमा घरेलु हिंसा मुद्दा दर्ता गराएकी हुन् । नौमूले गाउँपालिका–३ द्वारी घर भई हाल नौमूले गाउँपालिकाका निर्वाचित अध्यक्ष ४३ वर्षीय भदे बुढा मगरले पुस ११ गते कुटपिट गरेको भन्दै दिइएको उजुरीमा माओवादी युद्धताका...
समाचारपत्र दैनिक/ईश्वरराज ढकाल पुस २९, काठमाडौं । शिक्षकहरूले अब राजनीति गर्न नपाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित २४ सदस्यीय उच्चस्तरीय राष्ट्रिय शिक्षा अयोगले तयार पारी प्रधानमन्त्रीलाई बुझाउन लागेको अन्तिम प्रतिवेदनमा यस्तो प्रावधान राखिएको समाचार स्रोतले जनाएको छ । धेरैजसो शिक्षक कुनै न कुनै पार्टीमा आबद्ध हुने र खुला राजनीति गर्ने क्रम बढेपछि आयोगले शिक्षकलाई राजनीति गर्न...
पुस २९, काठमाडौं । गोविन्द सिंह भण्डारी निर्देशित फिल्म रणवीरको ट्रेलर सार्वजनिक गरिएको छ । एक्सन र थ्रिल फिल्ममा सुशील सिटौला, प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवी गिरी, हरिहर शर्मा, टिका पहारी, नरेश पौडेल, भोला राज सापकोटा, जीवन भट्टराई, जगदिष रिजाल, बसन्ती भट्ट लगायत कलाकारहरुको अभिनय रहेको छ । ‘रणवीर’को ट्रेलर यस्तो छःhttps://www.youtube.com/watch?time_continue=86&v=zEAkV3gtYLYकथा, पटकथा, संवाद निर्देशक गोविन्दको रहेको छ ।...
पुस २९, काठमाडौँ । दोस्रो संस्करणको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । आज न्यू डायमण्ड भलिबल क्लबको कोर्टमा भएको खेलमा एपिएफ ३–१ ले विजयी बनेको हो । फाइनलमा प्रतिभा मालीले ४२ अङ्क जोडे पनि न्यू डायमण्डलाई जिताउन सकिनन् । उपाधि भिडन्तमा पहिलो सेट गुमाए पनि लगातार तीन...
पुस २९, चितवन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले विकासका लागि पक्ष र प्रतिपक्ष मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ खैरहनीले आजदेखि शुरु गरेको छैठाँै खिचरा महोत्सवको उद्घाटन गर्नुहुँदै उहाँले देश विकासमा प्रतिपक्ष बनेर कुनै फाइदा नहुने बताउनुभयो । सबै मिलेर देशलाई समृद्धितर्फ अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । जनतामाझ गरिएका प्रतिबद्धता सरकारले...
पुस २९, विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले साठी हजार कर्मचारी समायोजनका लागि तयार भएका बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ७० प्रतिशत कर्मचारी स्थानीय तहमा जाने सहमति कायम गरेको जानकारी दिनुभयो । मन्त्री पण्डितले माघ २ गतेसम्म समायोजनको सीमा रहेको र त्यसको २१ दिनभित्र तोकिएको क्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गरिने...
पुस २८, कारकस । भेनेजुएलाको विपक्षी दलले शुक्रबार संसद नियन्त्रणमा लिएर राष्ट्रपति निकोलास मोदुरोविरुद्ध प्रदर्शन गर्न आह्वान गरेको छ । दोस्रो छ बर्षे कार्यकालका लागि ५६ बर्षीय मोदुरोले गत बिहीबार सपथग्रहण गर्नुभएको थियो । उहाँ गत मे महिनामा भएको अति विवादास्पद निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । जुन निर्वाचनलाई विपक्षीहरुले बहिस्कार गरेका थिए । अमेरिका, युरोपेली संघ, अमेरिकी देशहरुको...

Youth found dead

Ranjha, Jan 12 (RSS): A youth has been brutally murdered in Kohalpur of Banke. The dead body of Deepak Singh Thakuri of Simta rural municipality-4 in Surkhet was found today in an open ground near the bus park at Kohalpur municipality-11. It is learnt that the man was in the town to try his luck with the Nepal Police....