Monday, September 28, 2026
Home स्थानीय सरकार कृषि विकास बैंकले २१ प्रतिशत लाभांश दिने

कृषि विकास बैंकले २१ प्रतिशत लाभांश दिने

204

काठमाडौँ, २७ पुस
कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई २१ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४÷७५ को वितरणयोग्य नाफाबाट १५ दशमलव ०५३ प्रतिशत नगद लाभांश र छ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको हो ।

यस्तै सरकारको हाल कायम रहेको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक छ प्रतिशतले हुने नगद लाभांश रकमसमेत प्रदान गर्ने निर्णय गरेको कम्पनी सचिव निर्मलप्रसाद उपाध्यायले जानकारी दिनुभयो । बैंकले आव २०७४÷७५ मा रु तीन अर्ब ६७ करोड ३२ लाख वितरणयोग्य मुनाफा गरेको थियो ।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै शेयरधनीलाई वितरण गरिनेछ । बैंकको हाल चुक्ता पूँजी रु १३ अर्ब ९३ करोड २५ लाख छ । –रासस