Friday, June 26, 2026
Home Blog Page 1837
पुस २९, जनकपुर प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिवमाथि हातपात गरेका छन् । आइतबार मन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका हुन् । कुटाई खाने सचिवलाई प्रहरीले उल्टै नियन्त्रणमा लिएको छ ।संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले...
काठमाडौँ, २९ पुस - नेपाल स्टक एक्सचेञ्जमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर कारोवार शुरु भएको छ। स्टकले सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम ७४ रुपैयाँ ८९ पैसा र अधिकतम २२४ रुपैयाँ ६७ पैसा रहने गरी मूल्य निर्धारण गरेको छ । माथिल्लो तामाकोशीले गत बिहीबार १० करोड ५९ लाख कित्ता साधारण शेयर सूचीकृत गरेको थियो । नेपाल टेलिकमपछि शेयर सङ्ख्याका आधारमा...
सान एन्टोनियो, २९ पुस – संयुक्तराज्य अमेरिकाको सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्व राष्ट्रपति बाराक ओबामाले टेक्सास राज्यको सान एन्टोनियो नगरका पूर्वप्रमुख जुलियन क्यास्ट्रोलाई समर्थन गर्नुभएको छ । आफ्नो मन्त्रिपरिषद्का सदस्य समेत रहेका क्यास्ट्रो अमेरिकाको पहिलो स्पेन भाषी राष्ट्रपति समेत हुनसक्ने अनुमान गरिएको छ ।अमेरिकामा सन् २०२० मा हुने राष्ट्रपतिमा उम्मेदवार हुन चाहनेहरुले नाम घोषणा...
काठमाडौँ, २९ पुस प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित नेपाल इञ्जिनीयरिङ कलेज, चाँगुनारायण भक्तपुरको विवाद सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले समितिसमक्ष प्रतिवेदन प्रस्तुत गरेको छ ।समितिका सदस्य योगेश भट्टराईको संयोजकत्वमा गठित कार्यदलले कलेज निजीस्तरमा सञ्चालन नभएको स्पष्ट गरेको छ । कलेजका संस्थापक सञ्चालक समितिका सदस्य लम्बोदर न्यौपाने र प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीले कलेज निजीस्तरमा सञ्चालनमा रहेको दावी गर्नुभएको...
पुस २९, काठमाडौं राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि शिक्षा तथा स्वास्थ्य समितिले तयार गरेको प्रतिवदेन संघीय संसदको प्रतिनिधिसभामा पेश भएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ का सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि दफावार छलफल गरी तयार गरिएको प्रतिवेदन पेश गरेकी हुन्। सभापति घर्तीले उक्त समितिले उपसमिति...
काठमाडौं, पुस २९ नेपाल विद्यार्थी संघले १२ औं महाधिवेशनको वातावरण बनाइदिन मातृ पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग माग गरेको छ। पुस २८ देखि महाधिवेशन गर्ने कार्यतालिका जारी गरे पनि महाधिवेशन गर्न नसकेको नेविसंघले सभापति देउवालाई भेटेर कार्यसमितिको म्याद थप्दै महाधिवेशनको वातावरण मिलाइदिन आग्रह गरेको हो। भंग हुन दुई दिन बाँकी हुँदा नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेसहित नेता आइतबार बिहान सभापति देउवा...
काठमाडौँ, पुस २९, थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी –ट्वान्टी स्म्यास क्रिकेटमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ। आज भएको आफ्नो दोस्रो खेलमा मलेसियाले दिएको ६२ रनको लक्ष्य १६ दशमलव २ ओभरमा चार विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि सर्वाधिक रन रोमा थापाले अविजित २० रन बनाइन, त्यस्तै सिता रानामगरले १६ रनको योगदान गरिन। यसअघि टस जितेर पहिले...
रुकुम (पूर्व), २९ पुस सिस्ने गाउँपालिका–६ की ३० वर्षीया रेनुका केसी शाह र उहाँका २० महीनाका नाबालक छोरा एटियम शनिबार जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जनाएको छ ।उहाँ पुस २६ गते औषधि गर्न नेपालगञ्ज जाने भन्दै घरबाट निस्कनुभएको थियो । घरदेखि तीन किलोमिटर टाढाको उदीनढुङ्गा भन्ने जङ्गलमा छोरा झुन्डिएको र आमा भुइँमा...
बुटवल, पुस २९ प्रहरीसँग गोली हानाहान हुँदा शनिबार राति रूपन्देहीमा एक जनाको मृत्यु भएको छ। गस्तीमा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीसँग राति १२ बजे सिद्धार्थनगर नगरपालिका -१० शंकरपुरमा दोहोरो गोली हानाहान भएको जिल्ला प्रशासन कार्यालय रूपन्देहीले जनाएको छ।प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गस्तीमा रहेको प्रहरी टोलीले चेकजाँचको लागि रोक्दा मोटरसाइकलमा आएका दुई जनाले एक्कासी गोली चलाएको र प्रहरीले पनि प्रतिरक्षाको...
Parbat, Jan 13 (RSS): The District Administration Office Parbat has initiated a campaign to distribute citizenship certificate to the citizens. Accordingly, mobile camps are being organized in various parts of the district to ensure that the citizens do not have to spend unnecessary time and money to travel to the district headquarters for their citizenship certificate. As a result,...