माघ ८,
नगरकोट । युवा गायक पुष्कर चौलागाईको लोकदोहोरी बनैमा जुरेली मंलगबारबाट युटुबमा सार्वजनिक भएको छ । नेपाली सान हाम्रो पहिचान अनलाइन रोधि घरको प्रस्तुति रहेको उत्तल गीतको बजार बेबस्थापन काभ्रे संगम म्युजिक प्रा.लिले गरेको छ । गीतमा पुष्कर चौलागाईं ,किरण गौतम, सुभद्रा ढुङ्गाना र बर्षा मगरको स्वर रहेको छ । शब्द पुष्कर चौलागाईं र लय किरण गौतम रहेको...
जकार्ता, ८ माघ - इन्डोनेसियामा मङ्गलबार केही समयको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । स्थानीय अधिकारीहरुले भूकम्पका कारण सुनामी आइहाल्ने अवस्था नदेखिएको बताएका छन् ।पहिलो भूकम्प इन्डोनेसियाको सुम्बा द्वीपमा गएको थियो । अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प ६ दशमलब ४ म्याग्नीच्यूडको थियो । भूकम्पका कारण हुनसक्ने धनजनको क्षतिको विवरण प्राप्त नभएको इन्डोनेसियाली विपद...
काठमाडौं,माघ ८
डिभिजन वन कार्यालय, रसुवाले चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको वन क्षेत्रमा पर्ने टावर निर्माणमा रोक लगाएको छ।वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुखबिरुवा हटाउन स्वीकृति नलिएको भन्दै आयोजनाले रूख नभएको नांगो डाँडामा टावरको जग खन्न सुरू गरेको कामलाई वन कार्यालयले रोक लगाएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।‘प्रक्षेपित मितिमा लाइन बनाउन सकेनौं...
डडेल्धुरा, ८ माघ
डडेल्धुरामा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन् । बिहान घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो । आलिताल गाउँपालिका–५ भित्रिसेनमा चट्याङ लागेर मानबहादुर विष्ट र गोमती विष्ट घाइते...
हुम्ला, ८ माघ
सोमबार रातिदेखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । हुम्लामा सोमबार रातिदेखि हिमपात हुनुका साथै हुरी चलिरहेको छ । हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या बनाएको छ । अचानक सोमबार रातिदेखि हिमपात हुन थालेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ ।
अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई...
काठमाडौँ, ८ माघ
सुरुङ बनाइरहेको निर्माण व्यवसायीसँग ठेक्का सम्झौता रद्द गर्ने तयारी गरिरहेको मेलम्ची खानेपानी विकास समितिले दाता एशियाली विकास बैंक ९एडिबी०सँग छलफल गरेको छ ।दाताले बाँकी कामका लागि अर्को बोलपत्र आह्वान गर्दा आयोजनाको काममा ढिलाइ हुने भएकाले सहायक निर्माण व्यवसायी कम्पनीलाई छोटो कामको जिम्मेवारी दिन सुझाएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले राससलाई जानकारी दिनुभयो । सिन्धुपाल्चोकको अम्बाथानबाट काठमाडौँको...
-जम्बला लामा,
राजनीतिलाई फटाहा भनौ कि सच्चा, जनताले बुझ्न चाहिरहेको छ । मतलव साफ छ प्रधानमन्त्री केपी ओली आफैले डा. गोविन्द केसी सँग गरेको सम्झौतालाई एउटा कागजी लिपीमा मात्र दस्तखत गरी प्रधानमन्त्री जस्तो कार्यकारी र राष्ट्रको जिम्मेवारी साथ पद समाल्ने र आज आएर सर्पको जस्तो दुइ जिव्रो बनाउन मिल्छ । २ करोड ८० लाख जनसमुदायले प्रश्न उठाएको छ । मेडिकल...
माघ ८,
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदारले सोमबार संसदमा बोल्दै सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
उनले स्वास्थ्य मन्त्रालयले २०७५ पुस १९ गते मन्त्रीपरिषदमा पेश भएको स्वास्थ्य सम्बन्धी प्रस्तावमाथी ध्यानाकर्षण गराएका हुन् ।
उनले नेपाल सरकारले कांग्रेसका नेताहरु गिरिजाप्रसाद कोइराला र शुसिल कोइरालाको नाममा खुल्न आएका अस्पतालमाथि भेदभाव गरेको उनको भनाई छ ।
गिरिजा प्रसाद र शुसिल...
स्वास्थ्य । सामान्यतया नाकमा नसा फुटेर रगत बग्ने गर्छ, यो थाहा भएकै कुरा हो । तर, नाकबाट रगत बग्नुको करिब ९० प्रतिशत कारण भने पत्ता लाग्न सकेको छैन । यद्यपि, नाकबाट रगत बग्नुका विभिन्न कारण छन् ।कारण
नसा फुट्नु
नाकमा नसा फुटेर रगत बग्ने गर्छ । त्यो पनि दुई किसिमले– एन्टिरेट मिस्टेक्स र पोस्टरेट । खासगरी बच्चाहरूले नाक कोट्याउँदा वा जबर्जस्ती...
माघ ८,
काठमाडौं । प्रेम र लीलाको प्रेमकथामा निर्माण गरिएको फिल्म प्रेमलीलाको ट्रेलर सार्वजनिक भएको छ । पहिला माघ २५ मा प्रदर्शन हुने बताइएको भए पनि यो फिल्म अब फागुन १० मा मात्रै दर्शकमाझ आउनेछ । जनक पाण्डेको निर्देशनमा दीपशिखा खड्काले निर्माण गरेको प्रेमलीलामा भारतीय प्रेमी र नेपाली प्रेमिकाबीचको प्रेम, विश्वास र धोकाको कथा प्रस्तुत गरिएको छ । अन्तरदेशीय प्रेमकथाका...




