फागुन ३,
काठमाडौँ -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको एक वर्ष पूरै असफल भएको आरोप लगाएका छन् ।शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता महतले यो एक वर्षमा सरकारले जनतालाई पुरै निराश तुल्याएको आरोप लगाएका हुन् ।उनले भने,‘सरकारले सुखी नेपाली र समृद्ध नेपाल भनेर अत्यन्तै राम्रो नारा ल्यायो...
फागुन ३,
काठमाडौँ — नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने नाममा घुस लिएको समाचार सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार राष्ट्रपति कार्यालयमा आफ्नो राजीनामा पत्र बुझाएका छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनले शुक्रबार राष्ट्रपति कार्यालयमा आफ्नो राजीनामा दर्ता गराएका हुन्। उनको राजिनामा पत्रको दर्ता नम्बर ११४७ रहेको छ।नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने भन्दैघुस लिएका...
फागुन ३,
बुटवल -एक वर्षअघि प्रदेश सरकार स्थापना हुँदा कार्यालय र जनशक्तिकै अभाव थियो । प्रदेश नं ५ पनि यसबाट अछुतो थिएन । आन्तरिक व्यवस्थापनका यी काम गर्दै सङ्घीयता कार्यान्वयनका आधार खडा गरेर प्रदेश सरकारले एक वर्ष व्यतीत गरेको छ ।अन्य प्रदेशमा झैँ मुख्यमन्त्री र प्रदेशमन्त्री सन्तुष्ट नभए पनि अगाडि बढेर विकास र समृद्धिका काम गर्ने दृढ सङ्कल्प सेलाएको देखिँदैन...
फागुन ३,
काठमाडौँ -भारतमा जारी हिरो गोल्डकप प्रतियोगिताको अन्तिम चरणको खेलमा आज नेपाल र म्यान्मा भिड्दै छन् ।भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा हुने खेल नेपाली समयानुसार साँझा ६ बजे शुरु हुनेछ । नेपालको राष्ट्रिय महिला फुटबल टोलीले आज विजयी भए पहिलो अन्तर्राष्ट्रिय उपाधि पाउनेछ ।दक्षिण एशियाली फुटलबमा सधँै उपाधिका लागि तगारो बन्दै आएको भारतलाई समूहचरणमै पराजित गरेपछि नेपालले अन्तिम...
फागुन ३
पोखरा -नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप सरकार अघि बढ्न नसकेको बताउनुभएको छ । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछिको सरकार भएकाले जनताले यसबाट धेरै अपेक्षा गरेको बताउनुभयो ।सरकारले जनचाहनाअनुरुप क्रमभङ्ग हुने गरी विकासमा फड्को मार्नुपर्ने भए पनि केवल सामान्य...
फागुन ३,
बीबीसी-अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले खर्चबन्दीको अवस्था दोहोरिन नदिने तर मेक्सिकोसँग जोडिएको सीमामा पर्खाल बनाउनका लागि राष्ट्रिय सङ्कटकाल घोषणा गर्न लागेको ह्वाइट हाउसले जनाएको छ। राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ खर्च विधेयकमा हस्ताक्षर गर्ने तर अमेरिकी संसद्लाई छलेर सेनालाई छुट्याएको बजेट आफ्नो पर्खाल योजनामा लगाउने योजना बनाएको विवरण बाहिर आएको छ। ह्वाइट हाउसकी प्रवक्ता स्यारा स्यान्डर्सले एक वक्तव्यमा भनिन्, "राष्ट्रपतिले...
फागुन ३,
काठमाडौँ- कांग्रेस सांसदहरूले सरकारको एक वर्ष उपलब्धिविहीन भएको भन्दै आलोचना गरेका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा उनीहरूले सरकारले नारा मीठो लगाए पनि जनताको दैनिक जीवन परिवर्तन हुने कुनै काम नगरेको बताए । केपी ओली नेतृत्वको सरकार गठन भएको पहिलो वर्ष सकारात्मक नरहेको कांग्रेसले ठहर गरेको हो। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ठुल्ठूला सपना बाँडे पनि व्यवहारमा सरकारले परिणाममुखी काम...
फागुन ३,
कञ्चनपुर-कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका सुरज तिरुवाको गोठमा लुकाइराखेको अवस्थामा प्रहरीले गए राति पाँच किलो ६०० ग्राम अवैध सुन बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय झलारीका अनुसार राति १ बजेको समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०को टोलीले छापा मारी सुन बरामद गरेको हो । प्रहरीका अनुसार गोठमा खाल्डोमुनि दुई पोकामा लुकाइछिपाइ राखेको...
फागुन २,
भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डू स्थित वडा कार्यालयमामा भोली शुक्रबार एकीकृत घुम्ति शिविर सञ्चालन गर्ने भएको छ । सेवाप्रदायक निकाय सेवाग्राही समक्ष पुगी सेवा प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यालयले घुम्ति शिबिर सञ्चालन गरेको हो । घुम्ति शिबिरमा बृहत्त निःशुल्क स्वास्थ्य शिबिर, स्वास्थ्यका विशेषज्ञ सेवाहरु, निःशुल्क औषधी वितरण, जिल्ला प्रशासन कार्यालयबाट...
नयाँ नेपाल न्युज केन्द्रिय ब्युरो,
फागुन २,
काठमाडौं । मुलुकमा संविधान निमार्ण भए संगै सरकारले धेरै कुरामा बिकेन्द्रिकरण सुरु गरेको छ । स्थानीय सरकारलाई शक्तिसाली बनाउने प्रावधान संविधानमा लेखिए संगै जनतालाई सहज हुने आशा पलाएको हो । वर्तमान सरकारले केही विकाशका आयोजना यदि समयमा नै पुरा गराउन दबाव दिए पक्कै पनि राजधानी काठमाडौ भित्रने मानिसको चाप क्रमश कम हुने देखिन्छ ।यी...



