Thursday, October 1, 2026
Home समाचार घुस लिएका अख्तियार आयुक्त पाठकद्धारा राजीनामा

घुस लिएका अख्तियार आयुक्त पाठकद्धारा राजीनामा

208

फागुन ३,
काठमाडौँ — नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने नाममा घुस लिएको समाचार सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार राष्ट्रपति कार्यालयमा आफ्नो राजीनामा पत्र बुझाएका छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनले शुक्रबार राष्ट्रपति कार्यालयमा आफ्नो राजीनामा दर्ता गराएका हुन्। उनको राजिनामा पत्रको दर्ता नम्बर ११४७ रहेको छ।

नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने भन्दैघुस लिएका समाचार बाहिरिएपछि आयुक्त पाठकविरुद्ध सत्तारुढ दल नेकपाले शुक्रबार नै महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको थियो।