फागुन ६,
काठमाडौं – सडक दुर्घटनामा घाइते बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको सोमबार निधन भएको छ । गत माघ ११ गते पिकनिकबाट फर्किने क्रममा भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको जिप बाराको पथलैयामा ट्याक्टरको ट्रलीसँग ठोक्किएको थियो ।
यो दुर्घटनामा एसपी पोखरेलको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा भट्टराई गम्भीर घाइते भट्टराईलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । भट्टराईको निधनको पुष्टि उनका भाइ नरेश भट्टराईले गरेका छन् ।