Tuesday, June 30, 2026
Home Blog Page 1775
फागुन १०, काठमाडौं– दरबारमार्गस्थित रात्री क्लव ‘क्लव डेजाभु’का तीनजना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चालकहरु प्रवेश श्रेष्ठ, प्रतिक श्रेष्ठ र समीप शिल्पकारलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले बताए । बिहीबार साँझ पक्राउ परेका डेजाभुका सञ्चालबिरुद्ध २ करोड ठगी गरेको जाहेरी दर्ता भएको बताइएको छ । क्लवका अर्का एक सञ्चालक मनोज श्रेष्ठ फरार छन्...
फागुन १०, काठमाडौँ, पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तारको काम अघि बढ्न सकेको छैन । यो सडकमा ठेक्का सम्झौता भएको झण्डै दुई वर्षमा भौतिक प्रगति १० प्रतिशत मात्रै रहेको छ । मापदण्डअनुसार सडक खाली नहुँदा भौतिक प्रगति न्यून रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले बताएको छ । बाहखा बजारबाट सल्लाघारीतर्फ सडक निर्माणका लागि घर भत्काउनुपर्ने आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो । उहाँका...
फागुन १०, काठमाडौँ-नेपाल स्टक एक्सचेन्जले नबिल बैंकलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । नबिलको ३४ औँ बार्षिक साधारण सभाका लागि धितोपत्र दर्ता किताब बन्द १४ गते हुने सूचना नेप्सेलाई सात दिन अगाडी नदिएको भन्दै के कति कारणले ढिला भएको हो स्पष्टिकरण लेखेर पठाउँन बैंकलाई निर्देशन दिएको छ । नेप्सेको निर्देशनपछि बैंकले २४ घण्टाभित्र स्पष्टिकरण उपलब्ध गराउनुपर्नेछ । बैंकले फागुन २७...
एजेन्सी, फागुन १०- बंगलादेशको राजधानी ढाकाको एक पुरानो इलाकामा बुधबार लागेको भिषण आगलागीमा मर्नेको संख्या ८१ पुगेको छ । उक्त आगलागीमा कयौं घाइते भएका छद् । उक्त आगलागाी रासायनिक गोदामका रुपमा प्रयोग भइरहेको एक एपार्टमेन्टमा लागेको थियो । हाल सम्म ४५ शव बरामद भइसकेको बंगलादेश दमकल विभागका प्रमुख अली अहमदले बताए । शवको संख्या बढ्न सक्ने पनि उनले जानकारी दिए...
फागुन १०, काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले कार्यदल विघटन गरेको छ। सचिवालयको बिहीबार बिहान बालुवाटारमा बसेको बैठकले कार्यदल भंग गर्ने निर्णय गरेको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए। बिहीबार बसेको कार्यदलसहितको सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदल विघटनको प्रस्ताव नै गरेका थिए। तर बहुमत सचिवालय सदस्य कार्यदललाई एक हप्ताको समय दिनुपर्ने पक्षमा उभिएपछि बैठक...
फागुन १०, काठमाडौं-अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले संयुक्त अरब ईमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेको छ । थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा भएको आजको खेलमा युएइले जितका लागि दिएको ४२ रनको सामान्य लक्ष्य नेपालले १० दशमलव २ ओभरमा मात्र तीन विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक १८ रन बनाइन्...
फागुन १०, काठमाडौं- थाइल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले युएईमाथि सानादार जित निकालेको छ। युएईले दिएको ४२ रनको लक्ष्य नेपालले ३ विकेटको क्षति मात्र १०.२ ओभरमा पुरा गर्‍यो। नेपालको जितमा काजोल श्रेष्ठले १५ रन बनाउँदा कप्तान रूविना क्षेत्री १८ रनमा अभिजित रहिन्। सीता रानामगरले ६ रन जोड्दा अप्सरी बेगम शून्यमा आउट भइन्। यसअघि थाईल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा...
फागुन १०, लहान-अज्ञात समूहले आज बिहान सिरहाको लहानमा विभिन्न राष्ट्रिय पत्रिका जलाएका छन् । लहानस्थित सीता नोवेल न्यूज सेन्टर अगाडि बिक्रीका लागि राखिएको कान्तिपुर दैनिक, द काठमाडौँ पोस्ट, साप्ताहिक, हल्लो शुक्रबारलगायतका करीब ४०० प्रति पत्रिका जलाएर खरानी बनाएको हो । पसल खोल्न बिहान पुग्दा पत्रिका जलिरहेको थियो, पसल सञ्चालक दिनेश देवले भन्नुभयो, “म पसल पुग्दा पत्रिका जलिरहेको थियो, कसले र...
फाल्गुन १०, काठमाडौँ — इमेल व्यवस्थापनसम्बन्धी निर्देशिका २०७५ भन्छ– सरकारी इमेलमा निजी कारोबार गर्न पाइन्न । तर भइरहेको छ ठ्याक्कै उल्टो । साइबर सुरक्षामा काम गर्ने एक कम्पनीले गरेको अध्ययनअनुसार एडल्ट र पोर्न वेबसाइटमा खाता खोल्न सरकारी इमेल प्रयोग भएको भेटिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), आन्तरिक राजस्व विभाग, सशस्त्र प्रहरी बल, नेपाल टेलिकमका संस्थागत इमेल...
फागुन १० काठमाडौं - हिन्दू स्वयंसेवक संघ नेपालले काठमाडौंको टुडिखेलमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा आयोजना गर्ने जनाएको छ । संघले त्यसका लागि शुक्रबार हजारौ विद्यार्थी भेला गर्ने भएको छ । नेपालको धर्म, संस्कृति, भाषा, भुगोल, राष्ट्रिय विभूति लगायत नेपालको वैदिक इतिहास सम्बन्धी ज्ञान अभिवृद्धि बढाउन कार्यक्रम गरिने जनाएको छ । हिन्दू स्वयंसेवक संघ नेपालले विगत चार वर्षदेखि नेपालका...