Friday, October 23, 2026
Home स्थानीय सरकार नबिल बैंकलाई २४ घण्टा भित्र स्पष्टिकरण उपलब्ध गराउन निर्देशन

नबिल बैंकलाई २४ घण्टा भित्र स्पष्टिकरण उपलब्ध गराउन निर्देशन

181

फागुन १०,
काठमाडौँ-नेपाल स्टक एक्सचेन्जले नबिल बैंकलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । नबिलको ३४ औँ बार्षिक साधारण सभाका लागि धितोपत्र दर्ता किताब बन्द १४ गते हुने सूचना नेप्सेलाई सात दिन अगाडी नदिएको भन्दै के कति कारणले ढिला भएको हो स्पष्टिकरण लेखेर पठाउँन बैंकलाई निर्देशन दिएको छ । नेप्सेको निर्देशनपछि बैंकले २४ घण्टाभित्र स्पष्टिकरण उपलब्ध गराउनुपर्नेछ । बैंकले फागुन २७ गते साधारण सभा गर्दैछ । नबिल बैंकले २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस सेयर गरी कुल ३४ प्रतिशत लाभांश वित्तरण गर्ने प्रस्ताव फागुन २७ गतेको साधारण सभामा लैजादै छ । सो लाभांश सुरक्षित गर्न फागुन १३ गतेसम्म बैंकको सेयरधनी भइसक्नुपर्नेछ । १४ गते बैंकको बुक क्लोज हुनेछ ।