Thursday, October 1, 2026
Home अपराध ठगी गरेको आरापेमा क्लब डेजाभुका तीन सञ्चालक पक्राउ

ठगी गरेको आरापेमा क्लब डेजाभुका तीन सञ्चालक पक्राउ

110

फागुन १०,
काठमाडौं– दरबारमार्गस्थित रात्री क्लव ‘क्लव डेजाभु’का तीनजना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चालकहरु प्रवेश श्रेष्ठ, प्रतिक श्रेष्ठ र समीप शिल्पकारलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले बताए । बिहीबार साँझ पक्राउ परेका डेजाभुका सञ्चालबिरुद्ध २ करोड ठगी गरेको जाहेरी दर्ता भएको बताइएको छ । क्लवका अर्का एक सञ्चालक मनोज श्रेष्ठ फरार छन् । बिहीबार पक्राउ परेका तीनजना बिरुद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।