Saturday, October 24, 2026
Home समाचार भक्तपुरको सूयविनायकमा भ्यानभित्रै बाबुको शव फेला, पाँच वर्षीय छोरा भ्यानभित्रै सकुशल

भक्तपुरको सूयविनायकमा भ्यानभित्रै बाबुको शव फेला, पाँच वर्षीय छोरा भ्यानभित्रै सकुशल

179

फागुन १२,
काठमाडौं । भक्तपुरको सूयविनायक नगरपालिका–८ आदर्श चोक बस्ने २६ वर्षीय निकेश भुजु भ्यानभित्रै मृत भेटिएका छन् । बा५ च ६४२१ नम्बरको भ्यानमा उनी मृत अवस्थामा फेला परेका हुन् । उनी शनिबार बिहान ५ वर्षीय छोरालाई कपाल काट्न र साथीकोमा जान्छु भन्दै घरबाट निस्केका थिए । उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा भक्तपुर नगरपालिका–९ लिवालीमा सो गाडीभित्र बेहोस जस्तो अवस्थामा फेला परेका थिए । तत्काल भक्तपुर अस्पताल पु-याई जाँच गराउँदा ३÷४ घण्टा अगाडि नै उनको मृत्यु भइसकेको अस्पतालले जानकारी गराएको हो । बालक गाडीभित्रै सकुशल फेला रहेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।