Wednesday, July 1, 2026
Home Blog Page 1766
फागुन १३ काठमाडौं– कर्मचारी समायोजनको विरोध गर्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिहरूबीच भएको वार्ता विनानिष्कर्ष टुंगिएको छ। सरकारी चिकित्सकले ७२ घन्टे अल्टिमेटम दिएको भोलिपल्ट आज सोमबार स्वास्थ्य मन्त्रालयले वार्ताको लागि सरकारी चिकित्सकलाई बोलाएको थियो। सरकारी चिकित्सकले ७२ घन्टे अल्टिमेटम दिएको भोलिपल्ट आज सोमबार स्वास्थ्य मन्त्रालयले वार्ताको लागि सरकारी चिकित्सकलाई बोलाएको थियो। वार्ताका लागि...
फागुन १३, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र स्थापनापछिको १२ वर्षको समिक्षा गर्दै राजतन्त्रबारे पुनर्विचार गर्न ठूला राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले राजतन्त्र र हिन्दुराष्ट्रको पहिचान मेटाएको १२ वर्षसम्म देश र जनताले कुनै उपलब्धि हासिल गर्न नसकेको भन्दै यस विषयमा गम्भीर समिक्षा गर्नुपर्ने बताएका हुन्...
फागुन १३ खोटाङ -खोटाङ जिल्लाको जाल्पामा लाटो कोसेरो तथा हुचिल महोत्सवमा 'घिर' खेल आयोजना गरिएको थियो । हेर्दा 'हक्की' जस्तो देखिने यो खेल ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुले खेलेका थिए । 'घिर' खेल पुर्खाहरुले खेल्दै आएको खेल हो ।'भिडियो हेर्नुहोस्'https://www.youtube.com/watch?v=YtaTtXADbww
१३ फागुन, अमेरिका – नागरिक अधिकारको पक्षमा लेखिएको विवादास्पद हलिउड चलचित्र “ग्रीन बूक” ले यस वर्षको ओस्कार स्वर्णपदक जितेको छ । यस चलचित्रमा सन् १९६० को दशकमा संयुक्तराज्य अमेरिकाको दक्षिण क्षेत्रमा बसोबास गर्ने एकजना गोरा ड्राइभर र काला जातिका पियानो बादकबीचको प्रेममय सम्बन्धलाई कथावस्तुमा समेटिएको छ । अल्फोन्सो कुआरोनको उत्तिकै प्रभावशाली चलचित्र “रोमा” लाई पछि पार्दै ग्रीन बूकलाई ओस्कार...
फागुन १३' काठमाडौँ -नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियानकर्मी नियुक्त हुनुभएको छ । वन तथा वातावरण मन्त्रालयको यही फागुन ७ बसेको मन्त्रिस्तरीय निर्णयले उहाँहरूलाई अभियानकर्मी नियुक्त गरेको जनाइएको छ । देशभर स्वच्छ वातावरण बनाउन जनचेतनाको कार्यक्रम गर्नुपर्ने जिम्मेवारी पाएका अभियानकर्मीद्वयलाई मन्त्रालयले एक वर्षका लागि सो नियुक्ति दिएको हो । केही साताअघि मात्र...
फागुन १३, सिरहा -सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर – ६ मोथियाही गाउँका १७ वर्षीय सुभाष यादवलाई भारतको खुटौनामा गोली हानी हत्या गरिएको हो। मंगलबार घरबाटै बेपत्ता भएका सुभाष यादव घाइते अवस्थामा बुधबार भारतको मधुमनी जिल्लाको खुटौनामा भेटिएका थिए। स्थानीय र भारतीय सुरक्षाकर्मीको सहयोगमा उनलाई उपचारका लागि दरभंगा लगिएको थियो। त्यहाँ पनि उपचार सम्भव नहुँदा पटना पुर्‍याइएको थियो। पटनामा उपचारको...
फाल्गुन १३, विराटनगर — कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले सभापति शेरबहादुर देउवा बहुमतले दम्भमा पार्टीको १४ औं महाधिवेशन समयमा नगरी दुईवर्ष आफ्नो कार्यकाल थप्ने तयारीमा रहेको आरोप लगाएका छन् । विराटनगरमा रहेको आफ्नो निवासमा सोमबार सञ्चारकर्मीसित कुरा गर्दै कोइरालाले देउवाको कार्यकाल एक वर्षमात्र बाँकी रहेको उल्लेख गर्दै बहुमतको दम्भमा थप दुईवर्ष थप्ने रणनीतिमा रहेको दाबी गरे । कांग्रेस अहिले...
१३ फागुन, काठमाडौँ -उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका रक्षा राज्यमन्त्री जोसेफ फेल्टरले आज शिष्टाचार भेट गरी नेपालको विकास र समृद्धिका लागि सहयोगको निरन्तरता हुने विश्वास व्यक्त गर्नुभएको छ । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्धलाई परिवर्तित सन्दर्भमा कसरी सुदृढ गर्ने तथा नेपालको आर्थिक विकास र समृद्धिमा कसरी सहयोग जुटाउने भन्ने विषयमा छलफल...
फागुन १३, काठमाडौँ -नेपाल आयल निगमले उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई पोसिरहेको छ । निम्नवर्गीय नेपालीले प्रयोग गर्ने मट्टीतेलमा प्रतिलिटिर २८ रुपैयाँसम्म नाफा खाएर निगमले कर्मचारीलाई दैनिक लुगा धुने साबुनसम्मको भत्ता बाँडिरहेको छ । निगमका कर्मचारीले इन्धन खर्च शीर्षकमा मासिक चार हजार पाँच सय, घरखर्चका लागि एक हजार, लुगा धुन दैनिक १५ रुपैयाँ बुझ्छन् । दैनिक खाजा खर्च एक सय रुपैयाँ पाउँछन् । विदेश भ्रमणका...
फागुन १३ काठमाडौँ -ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको हो । महाशाखाले आइतबार मात्र १७१ सवारीसाधनलाई कारवाही गरेको छ । ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास...