Wednesday, July 1, 2026
Home Blog Page 1764
फागुन १४ भरतपुर -भारतबाट अवैध रूपमा ल्याइएको ४० हजार अण्डा नष्ट गरिएको छ । चितवनको भरतपुरस्थित मिलन ह्याचरी र परासीको बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीले भारतबाट अवैध रूपमा ल्याएको अण्डा नष्ट गरिएको हो । सोमबार भरतपुर–५ तोरीखेतस्थित मिलन ह्याचरीले ल्याएको १० हजार अण्डा र बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीको ३० हजार अण्डा नष्ट गरिएको नेपाल ह्याचरी उद्योग सङ्घका...
फागुन १४, रसुवा -नयाँ शक्ति पार्टी रसुवाले कांग्रेसले अनाधिकृत रुपमा आफ्नो पार्टीको झण्डा प्रयोग गरी पार्टी प्रवेशको झुटो नाटक मन्चन गरेको भन्दै आपत्ति जनाएको छ । कांग्रेस रसुवा जिल्ला कार्यसमितिले कालिकास्थानमा सोमबार आयोजना गरेको कार्यक्रममा आफ्नो पार्टीको झण्डा प्रयोग गरी फुर्वावाङ्दी तामाङलाई पार्टी संयोजकको रुपमा प्रचार गरेको प्रति नयाँ शक्तिले आपत्ति जनाएको हो । फुर्वावाङ्दी तामाङ नयाँ शक्ति पार्टीको संघीय...
-तेलमा तारेको र भुटेको खाना सकभर खानुहुँदैन । खाइहाले पनि त्यो हप्तामा एकपटकभन्दा बढी हुनुहुँदैन । -बढी मसलेदार, अमिलो फलफूल, चकलेट, टमाटर, अचार, चटनीजस्ता खानासँगको दूरी बढाउनुपर्छ । -अत्यधिक कफी, चिया र मदिरा सेवनबाट बच्नुपर्छ । यस्ता पदार्थले शरीरमा कार्बनडाइअक्साइड ग्यासको मात्रा बढाउँछ र पेटको समस्या निम्तिन्छ । -जंक र स्ट्रिट फुडलाई सकेसम्म बन्देज नै गर्नुपर्छ । -खानालाई राम्रोसँग चपाएर मात्र निल्नुपर्छ । -अत्यधिक धूम्रपानले पनि पाचन प्रक्रियामा असर पुयाउने गर्छ । -अत्यधिक...
वीरेन्द्र ओली/ नयाँ पत्रिका फागुन १४, काठमाडौं । सरकारले कमैया प्रथा अन्त्यको घोषणा गरेको १८ र हलिया प्रथा अन्त्यको घोषणा गरेको १० वर्ष बित्यो । मुक्त हलिया र कमैयालाई सरकारले सुरक्षित आवास र जग्गा उपलब्ध गराउने घोषणा पनि गरेको थियो । त्यसैका लागि ५ अर्ब ३३ करोड ७९ लाख खर्च पनि भयो । तरपनि समस्या ज्युँका त्युँ छ ।कमैया पुनर्स्थापनाका लागि ४ अर्ब खर्च २...
नेपाल समाचारपत्र फागुन १४, ललितपुर । गोदावरी नगरपालिकाले २ सय रोपनी सरकारी जग्गा धमाधम संरचना बनिरहेको छ । गोदावरी नगरपालिका–९ मा निजी लगानीमा व्यवसायिक प्रयोजनका लागि अबैध रुपमा संरचना बनाउने काम तीव्र बनाइएको छ ।अहिले उक्त स्थानमा भौतिक संरचना निर्माण गर्ने कामले तीव्रता पाएको छ । त्यस स्थानलाई व्यवसायिक प्रयोजनका बिभिन्न किसिमका भौतिक संरचना बनि रहेका छन । डाँडाभरीका रुख...
नेपाल समाचारपत्र/सुनील महर्जन फागुन १४, काठमाडौं । संघ, प्रदेश तथा स्थानीय तहका कर्मचारी समायोजन प्रक्रियालाई अन्तिम रुप दिन थप दुई साता लाग्ने भएको छ । यस अघि फागुन ३ गतेसम्म समायोजन प्रक्रिया टुंग्याउने लक्ष्य राखिएपनि बिभिन्न समस्या देखिएकाले तोकिएको अवधिमा समायोजन कार्य पुरा गर्न कठिनाई भएको थियो । १० देखि १५ दिनभित्रमा समायोजन प्रक्रिया टुंग्याउने छौं ।’ मन्त्रालयका सहसचिव एवं...
फागुन १३, भक्तपुर । चाँगुनारायण नगरपालिकाले एक व्यक्ति एउटा मात्र सहकारीको सदस्य हुन पाउने सहकारीको ऐन बनाएको छ । सोमबार नगरक्षेत्रभित्र रहेका सहकारीका अध्यक्ष, व्यस्थापक, कोषाध्यक्ष, सरोकारवाला र संचारकर्मीको उपस्थितीमा भएको अन्तरक्रिया कार्यक्रममा नगरपालिका सहकारी ऐन–२०७४ उक्त कुरा समावेश गरिएको छ । आगामी सात दिनपछि राजपत्रमा प्रकाशित हुने र प्रकाशित भएको मितिले ३० दिन कुनै व्यक्ति एकै प्रकार एकभन्दा बढि...
फागुन १३, वीरगञ्ज -नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणकार्य नेपाल तर्फ नौ किलोमिटर मात्र बाँकी रहेको छ । मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपाल तर्फको ३९ दशमलव २ किलोमिटर भू–भाग मध्ये ३०।२ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ । पर्सा राष्ट्रिय निकुञ्जको पथलैयादेखि अमलेखगञ्जसम्म नौ किलोमिटर जङ्गलक्षेत्रको बाटोमा पाइप...
फागुन १३, सोल -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली उच्चस्तरीय नेता किम जोङ उनको भियतनामको हनोइमा हुन गइरहेको शिखर सम्मेलनमा कोरियाली प्रायःद्वीपमा १९५० बाट ५३ सम्म सुरु भएको कोरियाली युद्ध सकिएको घोषणा हुने दक्षिण कोरियाले आशा गरेको छ । दुई नेताबीच हुने भेटवार्तापछि यस सम्झौतामा पुग्न सकिने आशा गरिएको हो । कम्युनिष्ट शासन रहेको उत्तर कोरियालाई चीनको समर्थन रहेको...
फागुन १३, काठमाडौं -सार्वजनिक सवारी साधनको भाडादर बढ्ने भएको छ । असोजमा १० प्रतिशत भाडा बृद्धि गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वैज्ञानिक भाडादर कायम गर्ने भन्दै पुन: भाडा बृद्धि गर्न लागेको हो । यातायात व्यवसायीहरुले दशैँका लागि अग्रिम टिकट बुकिङ रोकेपछि सरकारले बाध्य भएर असोजमा भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । सरकार र यातायात व्यवसायीवीच चार बुँदे सम्झौता...