सहकारी व्यवस्थित गर्न चाँगुनारायण नगरपालिकाको ‘एक्शन’

145

फागुन १३,
भक्तपुर । चाँगुनारायण नगरपालिकाले एक व्यक्ति एउटा मात्र सहकारीको सदस्य हुन पाउने सहकारीको ऐन बनाएको छ ।
सोमबार नगरक्षेत्रभित्र रहेका सहकारीका अध्यक्ष, व्यस्थापक, कोषाध्यक्ष, सरोकारवाला र संचारकर्मीको उपस्थितीमा भएको अन्तरक्रिया कार्यक्रममा नगरपालिका सहकारी ऐन–२०७४ उक्त कुरा समावेश गरिएको छ ।
आगामी सात दिनपछि राजपत्रमा प्रकाशित हुने र प्रकाशित भएको मितिले ३० दिन कुनै व्यक्ति एकै प्रकार एकभन्दा बढि सहकारीमा सदस्य हुन् नपाउने प्रवाधान नगरक्षेत्रमा लागू हुनेछ ।
तर यो ऐन लागू हुनभन्दा अगाडी एकै प्रकारका एक भन्दा धेरै संस्थामा सदस्य भएका व्यक्तिले तीन वर्षभित्रमा एउटा मात्र सहकारीमा मात्रमा सदस्य हुनु पर्ने कुरा उल्लेख गरिएको छ ।
प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी तिम्सिनाले नगरपालिका भित्र कार्यक्षेत्र रहेका हाल १ सय २२ सहकारी संस्था रहेको जानकारी दिएका छन् । जसमा बचत तथा ऋण, महिला, कृषि, बहुउद्देश्यलगायतका सहकारी रहेका छन् ।
कार्यक्रममा नगरप्रमुख सोम प्रसाद मिश्रले संविधानले नै मुलुकमा तीन खम्बे अर्थ नीति परिकल्पना गरिएकाले सरकारी, नीजि र सहकारी क्षेत्र बीच सहकार्य आर्थिक संम्वृद्धि हुने बताएका छन् ।
सहकारीलाई व्यवस्थित गर्नको लागि सफ्टवयेर प्रणाली लागू गर्न लागेको समेत नगरप्रमुख मिश्रले जानकारी दिएका छन् ।
सोमबार नै नगरपालिका स्तरीय सहकारी संजाल गठन गरिएको छ । मन्दरा मिश्र, प्रह्लाद बास्तोला, जनक खत्री, नातीकाजी खत्री, जानुका अधिकारी
, देबकी श्रेष्ठ, सूर्य श्रेष्ठ, लिला निरौला, उमेश प्रधान र पुष्पा न्यौपाने रहेका छन् । उक्त संजालले संयोजक चयन र एकजना सदस्य पछि थप्नेछ ।