Wednesday, July 1, 2026
Home Blog Page 1763
एजेन्सी, फागुन १४, इस्लामाबाद -आफ्नो भूमिमा घुसेर भारतीय सेनाले गरेको आक्रमणको कडा जबाफ दिने तयारी पाकिस्तानी सेनाले गरेको छ। पाक सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले सेना प्रमुख जनरल कमर जावेद बाजवाले जवाफी कारबाहीका लागि तयार रहन निर्देशन दिएको पुष्टि गरेका छन् । यसका लागि एयर चीफ मार्शल मुजाहिद अनवर खान र दुई अन्य प्रमुखसँग पाक सेना प्रमुखले...
फागुन१४ काठमाडौँ -समायोजन रोजेका उपसचिवलाई सरकारले आज पत्र दिइने भएको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन रोजेका एक हजार ७५५ उपसचिवलाई आज समायोजनको पत्र दिइन थालिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घमा एक हजार ५१३, प्रदेशमा २३७ र स्थानीय तहमा पाँच रहेका छन् । ती कर्मचारीलाई मन्त्रालयका सहसचिव...
फागुन १४, बैतडी -मौसममा आएको परिवर्तनका कारण गएराति बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपात भएसँगै बढेको चिसोले त्यहाँको जनजीवन प्रभावित भएको छ । बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीको खोड्पे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक...
फागुन १४, साँखु -त्रिभूवन विश्वविद्यालयले २०७४ सालको बिबीएस तेस्रो वर्षको नतिजा प्रकाशन गर्दा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत ६९ विद्यार्थीको उत्तरपुस्तिका नै हराएको भन्दै पुनःपरीक्षा दिनुपर्ने सूचना निकाल्यो । परीक्षाको नतिजा सार्वजनिक गर्ने बेलामा पुनःपरीक्षा गराउनुले विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको भन्दै विद्यार्थीले त्यसको विरोध जनाए पनि पुनःपरीक्षा दिन बाध्य भए । पशुपति बहुमुखी क्याम्पसबाट स्नातक दोस्रो वर्षको नियमित परीक्षा दिएका सिन्धुपाल्चोकका...
फागुन १४, काठमाडौँ -प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य बीमासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ । सो प्रस्तावको प्रस्तावकमा खगराज अधिकारी र समर्थकमा अञ्जना विसंखे र मनकुमारी जिसी हुनुहुन्छ । प्रस्तावमा “स्वास्थ्य बीमा ऐनअन्तर्गतका कार्यक्रमलाई देशव्यापीरूपमा लागू गर्दै गुणस्तरीय औषधि, उपकरण र जनशक्तिको प्रबन्ध गरी सातवटै प्रदेशमा पूर्ण क्षमताका अस्पतालको आकस्मिक, सघन उपचार कक्षलगायतको प्रबन्ध गरी सम्पूर्ण नागरिकलाई सर्वसुलभ र...
फाल्गुन १४ काठमाडौँ -कलाकार राजेश हमालले ६० वर्षअघिदेखि नवलपरासी स्थित आफनो पुर्ख्यौली घरमा सेवा गर्न बसेका ४ विपन्न परिवारलाई २ करोड मुल्य बराबरको जग्गा प्रदान गरेका छन् । देवचुली नगरपालिका २ स्थित आफ्नो पुख्यौली थलोमा रहेका अति विपन्न परिवारलाई घरबासको लागि चार परिवारलाई आफनो नाममा रहेको जग्गा मालापेत कार्यालयवाट निशुल्क पास गरिदिएका छन् । हमालले आफ्नो हजुरआमाको समय देखि फलाम,...
फागुन १४, सर्लाही -सर्लाहीबाट प्रतिबन्धित लागु औषध गाँजासहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला सर्लाही बाग्मती नगरपालिका-११ बाट जिल्ला सिन्धुली मरिण गाउँपालिका-३ घर भएका २१ बर्षीय डम्मर बहादुर मोक्तान र २९ बर्षीय मंगलसिंह मोक्तानलाई प्रतिबन्धित लागू औषध गाँजा करिव ३१ किलो सहित सोमवार साँझ प्रहारीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कर्मैया, सर्लाहीबाट खटिएको प्रहरी चेकिङ् टोलीले सिन्धुलीबाट...
फागुन १४' काठमाडौँ -नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् । गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले उक्त अवार्ड हात पार्न सफल भएका हुन् । गत सिजन आइपिएलका लागि छनोट भएलगत्तै उनी सिपिएल टिम सेन्ट किट्स एन्ड नाभिस प्याट्रिओट्समा आबद्ध भएका थिए । पाँच हजार अमेरिकी डलरमा...
१४ फागुन काठमाडौँ -भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले महानगरप्रमुखले कार्यपालिका बैठक सञ्चालनमा आफूसँग समन्वय नगरेको आरोप लगाउनुभएको छ । उपप्रमुख ठकुरीले आज यहाँ पत्रकार सम्मेलन गरी आफूले जिम्मेवारी निर्वाह गर्दा आइपरेका समस्या र महानगरपालिकाको अवस्थाका बारेमा जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “कार्यपालिका बैठकमा ल्याइने एजेण्डा एकलौटी तरिकाले ल्याउने गरिएको छ, समयमा जानकारीसमेत हुँदैन, एजेण्डामा कुनै विमति राख्दा ‘महानगर प्रमुखले...
एजेन्सी, फागुन १४ -भारतीय वायुसेनाले पाकिस्तानविरुद्ध ठूलो कारवाही गरेको छ । मंगलबार बिहान करिब साढे तीन बजे मिराज–२००० लडाकू विमानले नियन्त्रण रेखा (एलओसी) पार गरी पाकिस्तान प्रशासित काश्मिरमा छिरेर चरमपन्थी गुटमाथि कारवाही गरेको छ । १२ वटा मिराज विमानले हजार किलो बम बर्सायो । यसमा विभिन्न चरमपन्थी क्याम्प ध्वस्त भएको भारतीय मिडियाले दाबी गरेका छन् । भारत प्रशासित काश्मिरको पुलवामा...