Thursday, July 2, 2026
Home Blog Page 1755
फागुन १६ काठमाडौँ -हेलिकप्टर दुर्घटनामा परी आफ्ना प्रबन्ध निर्देशक गुमाएको यति एयरलाइन्स र तारा एयरले शुक्रबार देशभरि कुनै पनि उडान नगर्ने भएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै यतिले बुधबारको ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको सम्झनामा सबै उडान बन्द गर्ने जानकारी गराएको छ। यति र तारा एयरले काठमाडौंदेखि भरतपुर, पोखरा, विराटनगर, धनगढी, नेपालगञ्ज, भैरहवा, जनकपुर, लुक्ला,...
फागुन १६, काठमाडौँ -ग्रामीण क्षेत्रका गरीब व्यक्तिको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले आजदेखि राजधानीमा दोस्रो ‘साना किसान सम्मेलन, २०७५’ शुरु गरिएको छ । पहिलो सम्मेलन, २०७१ काठमाडौँ मै भएको थियो ।आज राष्ट्रिय शोक परेकाले अनौपचारिक रुपमा सो सम्मेलन शुरु गरिएको हो । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द अधिकारीलगायत सात जनाको ताप्लेजुङको फुङलिङस्थित सिस्नेभीरमा एयर डाइनेस्टीक हेलिकप्टर दुर्घटना भई...
फागुन १६, चितवन -नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा आज अपराह्न ३ बजे आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो । स्थानीयवासी र दमकलको सहयोगले अपराह्न ३ः३५ मा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने वास्तविक विवरण आउन सकेको छैन । -रासस 
फागुन १६, काठमाडौँ-सरकारले रु छ अर्बभन्दा माथिका ठूला आयोजनाको समन्वय तथा लगानीको प्रबन्ध लगानी बोर्डमार्फत् गर्ने गरी तयारी गरेको छ । ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ मा बोर्डको काम तथा कार्यक्षेत्रलाई पनि थप गर्दै शक्तिशाली बनाउने, ठूला आयोजनासँग समन्वय तथा व्यवस्थापनको जिम्मा दिइने भएको छ । सरकारले आगामी चैत १५ र १६ गते लगानी...
फागुन १६, काठमाडौँ ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको पोष्टमार्टम गर्न अझै केही समय लाग्ने भएको छ । त्यसैले टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली सभा भोलि विहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहित ७ जनाको शव बिहीबार दिउँसो काठमाडौं ल्याइएको थियो । सत्तारुढ नेकपाले दिउँसो ३...
फागुन १६ बैंकक– पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश बन्द गरेसँगै थाई एयरलाइन्सका उडान रद्द हुँदा बिहीबार बैंककमा पाँच हजारभन्दा बढी यात्रु अलपत्र परेका छन् । भारत र पाकिस्तानबीच जारी तनाव बढ्दै गएपछि इस्लामावादले सुरक्षाको कारण देखाउँदै आफ्नो आकाश बन्द गरेको छ । एयरलाइन्सका अनुसार करिब ३० वटा उडान रद्द भएका छन् । प्रायः युरोपतर्फका उडान रद्द भएको एयरलाइन्सले जानकारी...
फागुन १६, लहान -सिरहाको नवराजपुर–२ मझौराका ११ वर्षीय आशुतोषकुमार यादव फागुन १० गते बेपत्ता भए ।लिट्टिल स्टार बोर्डिङ स्कूलमा अध्ययनरत उनी बिहान ६ बजे ट्युसन पढ्न गएका र त्यसपछि अहिलेसम्म घर फिर्ता नआएको आशुतोषका काका शैलेन्द्रप्रसाद यादवले बताउनुभयो ।लहानबाट करीब एक महीनाअघि बेपत्ता भएका सप्तरीको बलानविहुल–२ घर निवासी सन्तोष साहका १४ वर्षीय छोरा लीलाकान्त साह अझै सम्पर्कमा आउन नसकेको...
फाल्गुन १६, काठमाडौं -अजोड इन्स्योरेन्स लिमिटेड र बेष्ट फाइनान्स कम्पनी लिमिटेडबीच सहकार्य गर्दै बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । बुधवार आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्सका प्रमुख कायर्कारी अधिकृत कुमार वहादुर खत्री र वेष्ट फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत तोयाराज अधिकारीले उक्त सम्झौतापत्रामा हस्ताक्षर गरेका छन् । अव अजोड इन्स्योरेसले प्रदान गर्ने निर्र्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा...
फागुन १६, ललितपुर, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहमा हुने विकास निर्माणका कार्यमा जनतासँग हातेमालो गरेर अघि बढ्न महानगर तयार रहेको बताउनुभएको छ ।महानगरपालिका–१८ को मगरगाउँमा बिहीबार आयोजित एक कार्यक्रममा प्रमुख महर्जनले कुनै दल विशेषप्रति आग्रह राखेर विकासका कार्यमा पूर्वाग्रह नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो २० महीनाको कार्यकालमा ६४ वटा बैठक सञ्चालन भइसके । राजनीतिक रुपमा...
फागुन १६, काठमाडौँ -उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी दिनमा हवाई दुर्घटना हुन नदिन सरकारले विशेष सावधानी अपनाउन ध्यान दिने बताउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै मन्त्री पोखरेलले हिजो ताप्लेजुङमा भएको दुर्घटनाको कारण खोजिने र यसैका लागि सरकारले उच्चस्तरीय जाँचबुझ आयोज गठन गरेको हो भन्नुभयो । “सबै हवाई दुर्घटना एकै प्रकृतिका कारणबाट हुँदैनन्, एक...