Sunday, September 27, 2026
Home समाचार पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगियो दुर्घटनामा परेका सातै जनाको शव

पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगियो दुर्घटनामा परेका सातै जनाको शव

167

फागुन १६
काठमाडौं – हेलिकप्टर दुर्घटनामा परेका सातै जनाको शव पोस्टमार्टमका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ। मन्त्री अधिकारीसहित अन्यको शव त्रिवि लैजाने थाहापाएपछि आफन्त, विशिष्ट व्यक्तित्व तथा पार्टीका कार्यकर्ताको भिड लागेको छ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभराको दर्शन गरेर काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो।

हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षक घिमिरको निधन भएको थियो।