चैत ८
काठमाडौँ -कांग्रेसका युवा नेता गगन थापाले कांग्रेसका महामन्त्री शशांक कोइरालाले ‘संघीयता र गणतन्त्रको विषयमा जनमत संग्रहमा जान सकिने’ अभिव्यक्ति दिएकोमा आपत्ति जनाएका छन् ।पार्टी भित्र खुला छलफल नगर्ने तर सार्वजनिक कार्यक्रममा विभिन्न विषयमा जनमत संग्रहमा जान सकिने कुरा जिम्मेवार नेताहरुले गरिरहे पार्टी ठूलो भडखालोमा जाकिने उनले चेतावनी दिए ।गिरिजा प्रसाद कोइराला फाउन्डेशनले शुक्रबार काठमाडौंमा...
चैत ८
विराटनगर :भारत पाचौँ पटक साफ वुमन्स च्याम्पियनसिप बनेको छ । विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको फाइनल खेलमा नेपाललाई ३(१ गोल अन्तरले हराउँदै भारतले उपाधि उचालेको हो । दिउँसो ३ बजेदेखि सुरु भएको खेलको २६ औं मिनेटमा भारतका लागि डालिमा चिबरले फ्रि किकमार्फत् गोल गरेकी थिइन् । नेपालका तर्फबाट खेलको ३३ औं मिनेटमा सावित्रा भण्डारीले १ गोल फर्काइन् ।...
चैत ८
विराटनगर : साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलको ३३ औं मिनेटमा नेपाल र भारतले १–१ बराबरी गरेका छन् । भारतले २४ औं मिनेटमा फ्रिकिकमार्फत् गरेको गोल नेपालले ३३ औं मिनेटमा फर्काएको हो । भारतकी जालीमा छिपरले फ्रिकक गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् ।
३३ औं मिनेटमा हेड गोल गर्दै सावित्रा भण्डारीले १–१को बराबरी बनाएकी हुन् ।नेपाली...
चैत ८, एजेन्सी,
नयाँ दिल्ली -लोकसभा निर्वाचनअघि भारतका पूर्व क्रिकेटर गौतम गम्भीर भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् ।
उनलाई केन्द्रीय मन्त्री तथा वरिष्ठ नेता अरुण जेट्लीले नेता रविशंकर प्रसादको उपस्थितिमा पार्टी प्रवेश गराएका हुन् । उनलाई आगामी निर्वाचनमा कुन सिटमा चुनावको टिकट दिइन्छ भन्ने विषय प्रष्ट भएको छैन ।यद्यपि उनलाई दिल्लीबाट लोकसभा सदस्यका लागि उठाउन सक्ने अनुमान गरिएको छ ।...
चैत ८,
काठमाडौँ -पछिल्लो समयमा ‘लिभिङ टुगेदर’को परम्परा देखिएसँगै राष्ट्रिय महिला आयोगमा त्यससँग सम्बन्धित उजूरी पनि बढ्न थालेका छन् । आर्थिकसँग सम्बन्धित नभई सम्बन्ध स्थापित गरी पाउँ भन्ने खालका उजूरी बढ्न थालेको आयोगका सूचना अधिकारी धु्रवराज क्षेत्रीले जानकारी दिनुभयो ।“दुई जनाको सहमतिमा सँगै बस्न थालेपछि पुरुषले आफ्नो स्वार्थ पूरा गरेर बेपत्ता भइसकेपछि मात्र महिला आयोगमा आइ पुग्छन्”, क्षेत्रीले...
चैत ८,
भैरहवा -प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा चन्द समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्नुपर्ने बताउनुभएको छ । उहाँले सो समूहलाई आपराधिक गतिविधि नगर्न आग्रह गर्दा विरोध गरिनु आश्चर्यको विषय हो भन्नुभयोे । उहाँले सिके राउत समूह विखण्डनको राजनीति छाडेर मूलधारको राजनीतिमा आएकैले उक्त समूहसँग सरकारले सम्झौता गरेको पनि स्मरण गराउनुभयो । उहाँ...
चैत ८,
सोलुखुम्बु -चालू आर्थिक वर्षमा जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिकामा सडक पुग्ने भएको छ । गाउँपालिकाको वडा नं १ बुक्सासम्म चालू आवमा सडक पु¥याउने गाउँपालिकाले जनाएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये हालसम्म सडक सञ्जालले नजोडिएको एक मात्र गाउँपालिका खुम्बुपासाङल्हामु यस वर्षदेखि सडकमा जोडिँदै छ ।अबको केही दिनमै गाउँपालिका–१ स्थित खरिखोलामा सडक पुग्ने गाउँपालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिनुभयो । उहाँका...
अन्तर्राष्ट्रिय
उत्तर कोरियालाई सहयोग गरेको आरोपमा दुई चिनियाँ फर्ममाथि प्रतिबन्ध लगाउने अमेरिकी घोषणा
चैत ८,
सियोल -संयुक्तराज्य अमेरिकाले दुईवटा चिनियाँ सिपिङ कम्पनीमाथि राष्ट्रसङ्घीय प्रतिबन्धको बेवास्ता गरी उत्तर कोरियालाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । उक्त कदमले अमेरिकाको उत्तर कोरियामाथि थप दबाब सिर्जना गर्ने उद्देश्य यथावत रहेको देखिएको छ । अमेरिकी अर्थ मन्त्रालयले चीनका दुई कम्पनीहरु डालियान हाइबो इन्टरनेसनल फ्राइट र लाओनिङ डानझिङ इन्टरनेसनल फर्वार्डिङमाथि प्रतिबन्ध लगाएको जनाएको छ ।उत्तर कोरियाबाट...
चैत ८,
काठमाडौँ नारायणघाट–बुटवल ११४ किमी सडक चार लेनमा स्तरोन्नतिको आज शुभारम्भ हुने भएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा सडक स्तरोन्नति हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बुटवलमा सडक स्तरोन्नतिका लागि शिलान्यास गर्नुहुनेछ । सडक स्तरोन्नतिका लागि गत पुसमा ठेक्का सम्झौता भएको थियो । दुई खण्डमा सडक स्तरोन्नति गर्न लागिएको आयोजना निर्देशनालय (एडिबी) का उपआयोजना...
चैत ८,
काठमाडौँ -फिल्म ‘ए मेरो हजुर ३’को ‘पराना’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ । लोक लयको गीतमा अनमोल केसी र सहाना थापाले ठुम्का लगाएका छन् ।
गीतको भिडियो हेर्नुस्https://www.youtube.com/watch?time_continue=2&v=KyRYgxnx0WMआशिष अविरल र अन्जु पन्तको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द रहेको गीतमा आशिष अविरलको संगीत तथा संगीत समायोजन रहेको छ । यो गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् ।...



