Tuesday, July 7, 2026
Home Blog Page 1682
चैत १८ काठमाडौँ -राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर बिगारेर सामाजिक सञ्जाल फेसबुकमा जथाभावि पोष्ट गर्ने दुईजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले रुपन्देहीको साविकको शंकरनगर गाविसका २३ वर्षीय यमप्रसाद पन्थी र पाल्ला गाउँपालिका-७ का २२ वर्षीय निर्मल गैरेलाई पक्राउ गरेको हो । निर्मल भक्तपुरको नयाँ ठिमीबाट र यमप्रसाद चितवनबाट पक्राउ...
चैत १८, काठमाडौँ– नेपाली काँग्रेसका सांसदहरुले राहत स्वरुप दुई दिनको तलब बारा र पर्सा लगायत तराईका विभिन्न स्थानहरुमा आएको भीषण हावाहुरीबाट प्रभावितहरु पीडितलाई सहयोग घोषणा गरेका छन् । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले सामेबार एक विज्ञप्ति जारी गर्दै बारा पर्साका हावाहुरी प्रभावितलाई संघीय संसदका प्रतिनिधिहरुले दुई दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने जनाएका छन् ।यस अघि...
चैत १८, भक्तपुर -आन्तरिक राजस्व कार्यालय भक्तपुरबाट घुससहित नायब सुब्बा पक्राऊ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आन्तरिक राजस्व कार्यालय भक्तपुरका नायब सुब्बा सविन सुवेदीलाई घुससहित पक्राऊ गरेको हो । नायब सुब्बा सविन सुवेदीले राजस्व समायोजन गरिदिने प्रलोवनमा सेवाग्राहीसंग रु। १५ हजार घुस रकम लिए लगत्तै अख्तियार टोलीले नियन्त्रणमा लिएको हो ।महानगरीय प्रहरी बृत्त जगातीका अनुसार अख्तियारको टोलीले...
चैत १८, काठमाडौँ -आइतबार ओरालो लागेको शेयर बजारमा आज भने सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.४३ विन्दुले बढेर एक हजार १४९.९९ विन्दुमा पुगेको छ ।यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १.४५ विन्दुले बढेर २४४.८१ विन्दुमा पुगेको छ । स्टकका अनुसार कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १७१ कम्पनीका...
चैत १८, भक्तपुर । कृषि क्षेत्रको विकाशमा सहयोग गर्ने उद्देश्यले भक्तपुरमा बृहत कृषि मेला आयोजना हुने भएको छ । तेस्रो बृहत कृषि मेला प्रदर्शनी-२०७५ सहकारी दिवसको अवसर पारेर जिल्ला कृषि सहकारी संघ लिमिटेडको आयोजनामा सूर्यविनायकमा उक्त मेला हुनेछ । बाराहीस्थानमा रहेको अजिमा पार्टी महलमा यहिँ चैत २०, २१ र २२ गते गरेर तीन दिन संचालन हुने भएको छ ।...
चैत १८, काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सबै सांसदहरुको एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ। नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावित क्षेत्र पुगेर यस्तो घोषणा गरेका हुन्। प्रधानमन्त्री ओलीले कार्यकर्ताहरुलार्य राहत र उद्दारमा खटिनसमेत निर्देशन दिएका छन्।झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री सोमबार दिउँसो बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा...
चैत १८, काठमाडौँ -आइतबार साँझ आएको हावाहुरीका कारण नेपाल विद्युत् प्राधिकरणको रु १५ करोड बराबरको क्षति भएको छ । बारा र पर्सा भएर प्रवाहित भएका प्राधिकरणको प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा ठूलो मात्रामा क्षति भएको प्राधिकरणले जनाएको छ । संरचनामा परेको क्षतिका कारण विद्युत् प्रवाहमा समस्या पैदा भएको छ । वीरगञ्जमा हावाहुरीका कारण विद्युत् प्रवाहमा समस्या आएको छ भने...
चैत १८, काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओली हुरीबतास प्रभावित क्षेत्रको निरीक्षणका क्रममा आज बारा पुग्नुभएको छ । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज अपराह्न बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा भद्रपुरबाट सिमरा विमानस्थल हुँदै जानुभएको हो । निरीक्षणका क्रममा प्रधानमन्त्री ओलीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन दिनुभएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।...
चैत १८ सोल -दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले केही समययतादेखि जारी रहेको शान्तिवार्ताप्रति अमेरिका र उत्तर कोरिया दुवै प्रतिबद्ध रहेका बताउनुभएको छ । उहाँले सोमबार राजधानी सोलमा आफ्ना केही निकटस्थ व्यक्तिहरुको बैठकलाई सम्बोधन गर्दै भन्नुभयो– शान्तिवार्ता तथा उत्तर कोरियामा निशस्त्रीकरण गर्ने भन्ने विषयप्रति अमेरिका र उत्तर कोरियाले आफ्नो प्रतिबद्धता देखाएका छन् ।उहाँले यस विषयमा दक्षिण कोरिया, उत्तर कोरिया र...
चैत १८ काठमाडौँ -सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने नभई व्यवस्थित गर्ने उद्देश्यले सूचना प्रविधिसम्बन्धी ऐन ल्याउने तयारी गरिएको प्रष्ट पार्नुभएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा मन्त्री बाँस्कोटाले सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर, इमो, भाइबर, स्काइप, ह्वाट्सएपलगायत) लाई करको दायरामा ल्याउने उद्देश्यले ऐन ल्याउन लागिएको बताउनुभयो ।“सूचना प्रविधिको प्रयोग गरेर...