चैत १८,नयाँ पत्रिका
काठमाडौँ -सरकारले बाहिरी चक्रपथको विद्यमान नक्सा फेरबदल गर्ने तयारी गरेको छ । आवश्यकताअनुसार बाहिरी चक्रपथको नक्सा फेरबदल हुने सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले बताए । संसद्को विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा सांसदहरूले उठाएको जिज्ञासालाई सम्बोधन गर्दै मन्त्री राईले भने, ‘विगतमा विभिन्न स्वार्थ समूहको चलखेलमा जग्गाको कित्ताकाट गरिएकाले अहिलेकै अवस्थामा बाहिरी चक्रपथलाई अघि बढाउन कठिन हुन्छ ।’मन्त्री राईले घना बस्ती...
चैत १८,
काठमाडौँ -राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा रद्द र स्थगित गरिएको माध्यामिक शिक्षा परीक्षा एसईईको परीक्षा चैत २२ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ। बोर्डको आज बसेको बैठकले २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सदस्य सचिव दुर्गा प्रसाद अर्यालले जानकारी दिए।चैत्र १० गतेबाट शुरु भएको परीक्षाको चौथो दिन रद्द गरिएको विज्ञान विषयको परीक्षा...
चैत १८,
भरतपुर -तराईका हावाहुरी प्रभावित जिल्लामा चितवनबाट चिकित्सकको टोली पठाइने भएको छ । हावाहुरीले बारा, पर्सालगायतका जिल्लाका अस्पतालमा चिकित्सकको अभाव खड्किएपछि चितवनबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पठाउन लागिएको हो ।चितवन मेडिकल कलेजबाट ३५ जनाको चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली त्यसतर्फ जाने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले राससलाई जानकारी दिनुभयो । चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले प्राथमिक उपचारका सामग्री र औषधिसमेत लैजाने...
चैत १८,
काठमाडौँ -नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार साँझ आएको हावाहुरीबाट बारा र पर्सा जिल्लामा ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ ।अध्यक्ष दाहालले उक्त घटनामा परी ज्यान गुमाउनुहुनेप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । पूर्वप्रधानमन्त्री दाहालले मृतक परिवार तथा हावाहुरीबाट घरबारविहीन परिवारमा उचित क्षतिपूर्ति र...
चैत १८
काठमाडौँ -प्रदेश नम्बर २ मा आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले धेरैको ज्यान गएको छ । हावाहुरीबाट बारा र पर्सा जिल्लामा गरी ३५ जनाको मृत्यु भएको छ । बारामा ३४ र पर्सामा एक जनाको मृत्यु भएको हो । हावाहुरीबाट रौतहटमा समते गरी ५०० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । नेपाली सेना, नेपाल...
चैत १८,
टोकियो –विश्व बजारमा कच्चा तेलको मूल्य सोमबार थप बृद्धि भएको छ । विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका कारण पनि तेलको आपूर्तिमा कटौती भएपछि तेलको मूल्यवृद्धि भएको हो । जुन महिनामा ब्रेन्ट कच्चा तेलको मूल्यमा शून्य दशमलब ५ प्रतिशत अर्थात ३४ सेन्टले बृद्धि भई प्रति ब्यारेल ६७।९२ अमेरिकी डलर कायम भएको छ । यो मूल्यवृद्धि पहिलो चौमासिकमा २७ प्रतिशत...
चैत १८,
काठमाडौँ गृहमन्त्री रामबहादुर थापाले आइतबार साँझ बारा र पर्सामा आएको भिषण हावाहुरीले ठूलो जनधनको क्षति पु¥याएको भन्दै दुःख प्रकट गर्नुभएको छ । गृहमन्त्रालयमा हालसम्म प्राप्त विवरणअनुसार २७ जनाको मृत्यु तथा करीब ७०० घाइते भएको भन्दै मन्त्री थापाले घटनालगत्तै राहत तथा उद्धारमा सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिनुभयो ।आज बिहान एक सूचनामार्फत् मन्त्री थापाले राहत, उद्धार तथा उपचारमा...
चैत १८,
काठमाडौँ । गएराती बारा र पर्सामा आएको हावाहुरीका कारण घाइते भएकाहरुको उपचारको लागि रगत अभाव भएपछि नेपाली सेना र प्रहरी जवाहरुले रक्तदान गर्न थालेका छन् । रातभरी उद्धारमा खटिएका सेना र प्रहरी जवानले घाइतेहरुका लागि रक्तदान गरेका हुन् । आइतबार साँझ आएको भीषण हावाहुरीले अहिलेसम्म बारामा ३१ जनाको ज्यान गएको छ भने ५ सय जनाभन्दा...
चैत १८,
काठमाडौं । प्रदेश नम्बरमा आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले धेरैको ज्यान गएको छ । हावाहुरीको कारणले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । ५ सय भन्दा बढी घाइते छन् । हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । ठूलो हताहती भएकाले कतिपय मृतकहरुको पहिचान हुन सकेको छैन...
चैत १७
जोधपुर –भारतीय वायुसेनाको एउटा मिग–२७ लडाकू विमान राजस्थानको जोधपुरमा आइतबार विहान दुर्घटनाग्रस्त भएको छ । नियमित उडानका क्रममा रहेको उक्त विमानका पाइलट भने सकुशल उत्रिएको भारतीय सेनाले जनाएको छ । वायुसेनाले विमान दुर्घटनाका बारेमा अनुसन्धान गर्न आदेश दिएको छ । जोधपुरबाट करिब १२० किलोमिटर दक्षिणमा दुर्घटनाग्रस्त भएको मिग–२७ विमानमा इन्जिनमा खराबी आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।गत...



