चैत २४,
काठमाडौँ -प्रदर्शनरत फिल्म ‘लभ स्टेशनकी’ नायिका जसिता गुरुंगलाई फिल्म ‘रातो टिका निधारमा’ खेल्न अस्विकार गरिएको थियो । निर्माता तथा निर्देशक अशोक शर्मासँग पारिश्रमिकमा चित्त नबुझेपछि जसिताले फिल्म नगरेको फिल्म नगरीमा चर्चा थियो । जसिताले ‘रातो टिका निधारमा’ खेल्न दश लाख डिमान्ड गरेको खबरले निकै चर्चा पायो ।जसितासँग पारिश्रमिकामा कुरा नमिलेपछि शर्माले साम्राज्ञी आरएल शाहलाई अनुबन्धित गराए । ‘रातो...
चैत २४
भक्तपुर -कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले कांग्रेस एकताबद्ध भएर अघि बढे आगामी निर्वाचनमा कसैले पराजित गर्न नसक्ने बताएका छन् । नेपाल महिला सङ्घ जिल्ला कार्य समिति भक्तपुरले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा समसामयिक राजनीतिक विषयमा महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेसलाई एक बनाएर लानुको विकल्प नभएको बताए ।महामन्त्री डा।...
चैत २४,
काठमाडौँ ‘स्वास्थ्य सेवामा सबैको पहुँच’ पुर्याउनुपर्ने आवश्यकतामा जोड दिँदै नेपालमा पनि विश्व स्वास्थ्य दिवस मनाइएको छ। विश्व स्वास्थ्य दिवसको अवसर पारेर आइतबार स्वास्थ्य सेवामा सबैको पहुँच हुनुपर्ने आवश्यकतामा जोड दिँदै देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो।यसै अवसर पारेर काठमाडौंको बसन्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक सुनिलराज शर्माले नजिकको स्वास्थ्य संस्थाबाट स्वास्थ्य...
चैत २४,
काठमाडौँ– मन्त्रिपरिषद्को आजको बैठकले नेपालका छैँटौँ सङ्घनायक भिक्षु अश्वघोष महास्थवीरको अन्त्येष्टि विशेष राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको छ । भिक्षुको निधनप्रति समवेदना व्यक्त गर्दै बैठकले राष्ट्रिय सम्मानका साथ उनको पार्थिव देहको अन्त्येष्टि गर्ने र अन्त्येष्टि खर्च नेपाल सरकारले व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
बैठकले...
चैत २४, एजेन्सी,
वासिङ्टन– संयुक्तराज्य अमेरिकाको फिलाडेल्फिया सहरमा शनिबार र आइतबार भएका गोलीकाण्डमा एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिबार बिहान गोली लागेर ३५ वर्षीय एक व्यक्ति घाइते भएका थिए । त्यसपछि दिनभर शहरमा भएका शृङ्खलाबद्ध गोलीकाण्डमा गोली लागेर एक जनाको मृत्यु र अरु चार जना घाइते भएका थिए । अपराह्न...
चैत २४,एजेन्सी,
सियोल– दक्षिण कोरियाको उत्तरपूर्वी तटीय क्षेत्रमा गतसाता फैलिएको डढेलोबाट ४०० भन्दा बढी घर र ९२० भन्दा बढी पशुगोठ डढेर क्षतिग्रस्त भएको अधिकारीहरुले पुष्टी गरेका छन् । राष्ट्रिय सङ्कटकाल घोषणा गरिएको यस डढेलोबाट उत्तरपूर्वी क्षेत्रका पाँचवटा शहर नराम्रोसँग प्रभावित भएका थिए ।कोरियाली इतिहासमै सबैभन्दा ठूलो मानिएको यो डढेलो सियोलबाट करिब १६० किलोमिटर उत्तरपूर्वको सानो शहर गोसिङ काउन्टीमा...
चैत २४,
मकवानपुर मकवानपुर जिल्लाको भीमफेदीमा रहेको क्षेत्रीय कारागारमा कैदीबन्दीहरुबीच झडप भएको छ ।विवादकै बीच कैदीबन्दीबीच हातहालाहालको अवस्था सिर्जना भएको जनाइएको छ । झडपमा कैदीबन्दी घाइते भएको नभएको थाहा हुन सकेको छैन । कैदबिन्दीबीच झडप भएपछि कारागारको सुरक्षा व्यवस्था कडा पारिएको जिप्रका मकवानपुरका प्रहरी प्रवक्ता (डीएसपी) यज्ञ प्रसाद भट्टराईले जानकारी दिए ।स्रोतले जनाए आुसार आज बिहान कैदीबन्दीबीच झडप...
चैत २४,
काठमाडौँ–सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपालः सुखी नेपाली’ बनाउने सरकारको लक्ष्यपूरा गर्न सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । सूचना प्रविधिका क्षेत्रमा कार्यरत चिनियाँ कम्पनी हुवावेद्वारा आज यहाँ आयोजित नेपाल मोबाइल काङ्ग्रेस २०१९ को उद्घाटन गर्दै उनले सरकार सूचना प्रविधिमैत्री नेपाल (डिजिटल नेपाल) बनाउने लक्ष्यमा सक्रिय रहेको बताए ।उनले सूचना प्रविधिको विकास, आविष्कार...
चैत २४,
पोखरा -गृहमन्त्री रामबहादुर थापाले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएको बताउनुभएको छ । गण्डकी प्रदेशमा हिजोदेखि जारी दुई दिने सुरक्षा गोष्ठीका सन्दर्भमा यहाँ आउनुभएका गृहमन्त्री थापाले आज यहाँ आयोजित पत्रकार भेटघाटमा जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नागरिकता नपाउँदा समस्या आएको उल्लेख गर्दै उनीहरूले नागरिकता पाउने विषय संविधानमा नै उल्लेख रहेको बताउनुभयो ।संसद्मा नागरिकतासम्बन्धी विधेयक...
चैत २४,
काठमाडौँ कर्णाली राजमार्गका विभिन्न सड़कखण्ड अवरुद्ध भएका छन् । शनिबार बेलुकाको भारी वर्षाले आएको बाढी र पहिरोको कारणले कर्णाली राजमार्गका विभिन्न सड़कखण्ड अवरुद्ध भएका हुन् ।दैलखको दुल्लु नगरपालिकामा र कालिकोटको शुभकालिका गाउँपालिकाको दहीखोलामा गएको पहिरोले दुई दिनदेखि यात्रु आवतजावतमा समस्या आएको हो । शनिबार दहीखोलाको पहिरो हटाउन नसकेपछि काठमाडौँ, नेपालगञ्ज र सुर्खेतबाट कर्णाली जाँदै गरेका यात्रुहरु दुई...


