Tuesday, September 22, 2026
Home समाचार कारागारमा कैदीबन्दीबीच झडप हुँदा स्थिति नियन्त्रण लिन प्रहरी परिचालन

कारागारमा कैदीबन्दीबीच झडप हुँदा स्थिति नियन्त्रण लिन प्रहरी परिचालन

97

चैत २४,
मकवानपुर मकवानपुर जिल्लाको भीमफेदीमा रहेको क्षेत्रीय कारागारमा कैदीबन्दीहरुबीच झडप भएको छ ।

विवादकै बीच कैदीबन्दीबीच हातहालाहालको अवस्था सिर्जना भएको जनाइएको छ । झडपमा कैदीबन्दी घाइते भएको नभएको थाहा हुन सकेको छैन । कैदबिन्दीबीच झडप भएपछि कारागारको सुरक्षा व्यवस्था कडा पारिएको जिप्रका मकवानपुरका प्रहरी प्रवक्ता (डीएसपी) यज्ञ प्रसाद भट्टराईले जानकारी दिए ।

स्रोतले जनाए आुसार आज बिहान कैदीबन्दीबीच झडप भएपनि कारण भने अहिलेसम्म बाहिर आउन सकेको छैन । बिहानैबाट कारागारमा रहेका दुई पक्षमा विभाजित कैदीबन्दीबीच विवाद भइरहेको छ । उनले झडप भएको र प्रहरी परिचालन गरिएको बताए । तर झडपमा कैदीबन्दी घाइते भएनभएको खुलाउन चाहेनन् । सुरक्षाका लागि जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको जनाइएको छ । प्रहरीले घटनालाई नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाइएको छ । कारागारमा ९ सय जनाभन्दा बढी कैदीबन्दी रहेका छन् ।