चैत २६,
काठमाडौँ -नेपाल वायुसेवा निगमले जुलाईको पहिलो हप्ताबाट जापान उडान गर्ने भएको छ । जापान सिभिल एभिएसन ब्युरो (जेक्याब) बाट सुरक्षाको अनुमति पाएस“गै उडान हुने पक्का भएको हो । निगमका सहप्रवक्ता नवराज कोइरालाले बताउनुभयो ।सहप्रवक्ता कोइरालाले भन्नुभयो–‘अब अपरेटिङ परमिट पाएस“गै जुलाईबाट उडान हुने निश्चित भएको हो।’ ४५ दिनमा नै अपरेटिङ परिमिट पाउने भए पनि विमानस्थलको निमार्ण कार्य भइरहेको भएकाले...
चैत २६,
काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । विगत तीन दिनदेखि अस्वस्थ भएपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् ।नेता नेपाललाई खोकी र ज्वरोले च्यापेपछि अस्पताल भर्ना गरिएको हो । तीन दिनको उपचारपछि नेता नेपालको आजै डिस्चार्ज गर्ने तयारी भएको अस्पताल स्रोतले जनाएको छ ।नेता नेपाल केही दिनअघि वारा,...
चैत २६,एजेन्सी,
आदिस अबाबा– अफ्रिकी मुलुक इथियोपियामा सन् २०१९ मा ८८ लाखभन्दा बढी नागरिकलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघीय मानवीय सहायता मामिलासम्बन्धी कार्यालय (युएनओसिएचए) ले दिएको जानकारी अनुसार खाद्यान्नका अलावा कुपोषणको समस्याबाट पीडित यहाँका नागरिकलाई दैनिक खाना, पोषण तथा खानेपानी लगायतको ठूलो अभाव छ । यसबाट खासगरी बालबालिका र किशोरहरु सबैभन्दा बढी पीडित भइरहेका...
चैत २६,
काठमाडौँ -दक्षिण कोरियाको पप सङ्गीतको समूह ब्ल्याकपिङ्कले युट्युबमा सबैभन्दा छिटो १० करोड पटक हेरिएको म्युजिक भिडिओको कीर्तिमान बनाएको छ। ‘किल दिस लभ’ नामक भिडिओले दुई दिन १४ घण्टामा सो सङ्ख्या पार गर्दै अर्को कोरियाली पीएसवाईको जेन्टलम्यान गीतको कीर्तिमान भङ्ग गरेको बीबीसी जनाएको छ । युट्युबका अनुसार पहिलो दिननै सो भिडिओ पाँच करोड ६७ लाख पटक हेरिएको थियो। यसको...
चैत २६
काठमाडौँ -सरकारले आन्दोलनरत सरकारी चिकित्सकहरु मंगलबार काममा नफर्किए आवश्यक सेवा संचालन ऐन अनुसार कारवाही गर्ने चेतावनी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले सरकारी डाक्टरहरु मंगलबार दिनभरमा काममा फर्किने अपेक्षा गरिएको बताए । सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा हड्ताल गरी आन्दोलनमा उत्रिएका डाक्टरहरु काममा फर्किए कतिपय मागमा वार्ता हुनसक्ने श्रेष्ठले बताए । मन्त्रालयले सोमबार विज्ञप्तिमार्फत काममा...
चैत २६,
बैतडी -सुदूरपश्चिममा आज बिहान भूकम्पको धक्का महशुस गरिएको छ। आज बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महशुस गरिएको थियो ।भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको हो ।यसअघि चैत ४ गते पनि भारत र...
चैत २६,
काठमाडौँ -नेपाल वित्तिय संस्था कर्मचारी संघ, कृषि विकास बैंक लि.को केन्द्रीय अध्यक्षमा सुजित विक्रम शाह निर्विरोध निर्वाचित भएका छन् । विगतका महाधिवेशनहरुमा निर्वाचन हुने गरे पनि भक्तपुरको बोडेमा सम्पन्न ९ औं. महाधिवेशनबाट समग्र कर्मचारीहरुमा सहमति सहकार्य र एकता स्थापित गर्न धेरै
कसरत गरेर भए पनि निर्विरोध गराएको वित्तिय संस्था कर्मचारी संघका केन्द्रीय अध्यक्ष पदमराज रेग्मीले बताए...
नयाँ पत्रिका
चैत २६, पर्वत । फलेवास नगरपालिका–२ थापाठाना खनारका ३० वर्षीय मदन नेपालीले ३३ वर्षीया श्रीमती मुना नेपालीलाई निर्घात कुटपिट गरेका छन् । आइतबार बिहान सुत्केरी भएकी मुनालाई राति ९ बजेतिर मदनले चिर्पट प्रहार गरेका थिए । चिर्पट प्रहारबाट मुनाको टाउकोमा गहिरो चोट लागेको छ ।मुनालाई छिमेकीको सहयोगमा राति नै जिल्ला अस्पताल लगिएको थियो । थप उपचारका लागि उनलाई सोमबार दिउँसो पोखरा...
कान्तिपुर दैनिक
चैत २६, काठमाडौँ — प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रैको जग्गा ‘भूमाफिया’ र भूमिसुधार कार्यालय, डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरेको पाइएको छ । ३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको छ । बालुवाटारस्थित प्रधानमन्त्री र प्रधानन्यायाधीशको सरकारी निवास । प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना र प्रधानन्यायाधीश निवासभित्रको...
नयाँ पत्रिका
चैत २६, काठमाडौं । यस वर्ष नेपाल दक्षिण एसियामा तेस्रो उच्च आर्थिक वृद्धि हुने मुलुक बन्ने विश्व बैंकले जनाएको छ । सोमबार दक्षिण एसिया आर्थिक फोकस सार्वजनिक गर्दै विश्व बैंकले नेपालमा यो वर्ष (सन् २०१९मा) ६ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको हो । यो भारत र बंगलादेशपछिको उच्च आर्थिक वृद्धि हो । भारतमा यस वर्ष ७ दशमलव ५ प्रतिशत र...
