जुलाई ४ देखि निगमको जहाजले जापान उडान गर्दै

107

चैत २६,
काठमाडौँ -नेपाल वायुसेवा निगमले जुलाईको पहिलो हप्ताबाट जापान उडान गर्ने भएको छ । जापान सिभिल एभिएसन ब्युरो (जेक्याब) बाट सुरक्षाको अनुमति पाएस“गै उडान हुने पक्का भएको हो । निगमका सहप्रवक्ता नवराज कोइरालाले बताउनुभयो ।

सहप्रवक्ता कोइरालाले भन्नुभयो–‘अब अपरेटिङ परमिट पाएस“गै जुलाईबाट उडान हुने निश्चित भएको हो।’ ४५ दिनमा नै अपरेटिङ परिमिट पाउने भए पनि विमानस्थलको निमार्ण कार्य भइरहेको भएकाले उडान ढिला हुने भएको निगमको जापानको लागि स्टेसन म्यानेजर सन्तोष पाण्डे बताउनुभयो ।

पाण्डेका अनुसार जापान उडानको पहिलो यात्रा नेपाल एयरलाइन्सले जुलाई ४ तारिखमा गर्ने भएको छ । उक्त दिन निगमको विमानले राति २ः३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर जापानको लागि उड्नेछ । ८ घण्टा २५ मिनेटको सिधा उडान पछि स्थानीय समयअनुसार विहान ११ः ५५ बजे नेपाल एयरलाइन्स जापानको ओसाकास्थित कान्साई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी भएको छ । सोही दिन दिउ“सो १ः५५ बजे उक्त विमान काठमाडौंका लागि उडान गर्नेछ ।

निगमले नया“ २ वटा एयरबस ३३०–२०० वाइडवडी विमान यसै वर्ष आयात गरेको थियो । नेपाल एयरलाइन्सले कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन (मंगलबार,बिहीबार शनिबार) उडान भर्ने छ । २ सय ७४ सिट क्षमताको एयरबस ३३०–२०० मा १८ बिजनेस क्लास र २ सय ५६ इकोनोमी क्लासका सिट रहेका छन् । ११ वर्ष अगाडि विमानको अभाव देखाउ“दै २०६४ बाट निगमले उडान बन्द गरेको थियो । नागरिक उड््डयन प्राधिकरणले पनि निगमलाई जापान उडानको लागि वायुसेवा सञ्चालन (एओसी) अनुमति पत्र दिसकेको छ ।

जापानको ओसाका विमानस्थलमा नेपाल वायुसेवा निगमको उडान पुनः सञ्चालन गर्ने बारे निगम र जापानी अधिकारीबीच दुई महिना अगाडि सहमति भएको थियो । निगमले दुई साताअघि काठमाडौंबाट जापानको राजधानी टोकियोस्थित नारिता विमानस्थलमा पनि उडानको लागि निवेदन दिइसकेको छ । नेपाल र जापानबीच २५ वर्षपछि हवाई सेवा सम्झौता गत असारमा पुनारावलोकन भएको थियो । हवाई सम्झौतास“गै नेपाल र जापानबीच सातामा १४ वटासम्म उडान गर्न पाउने सहमति भएको छ । नया“ सम्झौतामा जापानको हनेडा विमानस्थल बाहेक सबै विमानस्थलमा उडान गर्न पाउने सम्झौतामा उल्लेख छ ।

वार्षिक १० हजार विद्यार्थी जापान अध्ययनको लागि जाने गरेको सरकारी तथ्यांक छ भने ८० हजारभन्दा बढी नेपाली विभिन्न पेसा व्यवसाय गरी जापान बसोबास गर्दै आएका छन् । सन् २०१८ मा करिब ३० हजार जापानीले नेपाल भ्रमणमा गरेका थिए ।