Friday, September 18, 2026
Home ताजा अपडेट नेकपाका नेता माधवकुमार नेपाल अस्पताल भर्ना

नेकपाका नेता माधवकुमार नेपाल अस्पताल भर्ना

128

चैत २६,
काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । विगत तीन दिनदेखि अस्वस्थ भएपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् ।

नेता नेपाललाई खोकी र ज्वरोले च्यापेपछि अस्पताल भर्ना गरिएको हो । तीन दिनको उपचारपछि नेता नेपालको आजै डिस्चार्ज गर्ने तयारी भएको अस्पताल स्रोतले जनाएको छ ।

नेता नेपाल केही दिनअघि वारा, पर्सा र रौतहटका विभिन्न कार्यक्रममा सहभागी भएका थिए । त्यहि क्रममा उनलाई ज्वरो र खोकीले च्यापेको थियो ।