Thursday, July 9, 2026
Home Blog Page 1644
वैशाख ६, काठमाडौँ । चलचित्र ‘जात्रै जात्रा’को फस्टलुक सार्वजनिक गरिएको छ । प्र चलचित्रको फस्टलुकमा विशेषगरि नायक दयाहाङ राई, विपिन कार्की, कलाकार रविन्द्र झा र रविन्द्र सिंह बानियाँले दुरबिनले केही हेरेको देखाइएको छ । साथमा नायिका बर्षा राउत, कलाकार राजाराम पौडेल लगायत छक्क परेको देखिन्छ । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् ।...
वैशाख ६, जोहानेसबर्ग –दक्षिण अफ्रिकाको डर्बानमा गिर्जाघर ९चर्च० को छाना खस्दा त्यहाँ भेला भएका श्रद्धालुमध्ये १३ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरी अधिकारीहरुले ठूलो वर्षापछि उत्तरी डर्बानको डाङ्गुबो नगरमा स्थानीय समयअनुसार बिहीबार साँझ दुर्घटना भएको बताएका छन् । प्रान्तीय मामिला विभागका प्रवक्ता लेनोक्स माबासोले १३ जनाको मृत्यु भइसकेको र १६ जनाको अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो ।रासस
बैशाख ६ काठमाडौं -राजधानीमा कुल १८ सय ५९ रोपनी १४ आना जग्गा मिचिएको खुलासा भएको छ। ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग’ मार्फत् सहरी क्षेत्रका बहुमूल्य सार्वजनिक र सरकारी जग्गा मिचिएको खुलासा भएको हो। जग्गा अतिक्रमण गर्ने पाँच हजार मानिसको सूची हामीले सार्वजनिक गरेका छौं। यति ठूलो मात्रामा सार्वजनिक जग्गा हडप्ने आम मानिसदेखि देशको उपल्लो ओहोदामा बसेका...
वैशाख ६, काठमाडौं । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहितका एक दर्जनभन्दा बढि नेता कार्यकर्तालाई पक्राउ गरेको छ । शान्तिबाटिकामा सो पार्टीले आयोजना गरेको विरोधसभापछि धर्म निरपेक्षताको ब्यानर जलाउने क्रममा प्रहरीले थापासहितका नेता कार्यकर्तालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा थापासहित बरिष्ठ नेता बुद्धिमान तामाङ, दिपक बोहोरा लगायत छन् । काठमाडौँको रतनपार्कस्थित शान्तिबाटिकामा भेला भएका राप्रपाका नेता तथा कार्यकर्ताले धर्म...
वैशाख ६, काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पूर्वी एसियाली मुलुक भियतनाम र कम्बोडियाको भ्रमण गर्ने भएका छन्। दुई पक्षीय भ्रमणका लागि ती दुबै देशबाट निम्तो आएको र प्रधानमन्त्रीको भ्रमणको तयारी तीव्र पारिएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। भियतनामले वैशाख पूर्णिमा समारोहमा प्रधानमन्त्री ओलीलाई मुख्यवक्ताको रूपमा आमन्त्रण गरेको हो। यसपालि जेठ ४ गते बुद्धजयन्ती छ।प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल...
वैशाख ६, काठमाडौँ नायक आर्यन सिग्देल पिता बनेका छन् । आर्यन र उनकी पत्नी सपना भण्डारीलाई पुत्र लाभ भएको छ । उनीहरुले छोराको नाम आयन्स सिग्देल जुराएका छन् ।आर्यन र सपना २०७१ साल वैशाख ६ गते बैवाहिक बन्धनमा बाधिएका थिए । उनीहरुको लागि वैशाख ६ गते निकै विशेष भएको छ । अर्का वर्ष देखि छोराको जन्मदिन र म्यारिज एनिभर्सरी एक...
वैशाख ६ काठमाडौं । सर्वोच्च अदालतले अनलाइनमार्फत् खेलिने पब्जीमाथि सरकारले लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारले लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए। अधिवक्ता प्रवीण सुवेदीले पब्जीमाथिको प्रतिबन्ध गैरकानुनी भन्दै सर्वोच्चमा रिट दिएका थिए। यसअघि गत चैत २८ मा नेपाल दूरसञ्चार प्राधिकरणले पब्जी...
वेशाख ६, टोकियो । जापानको एक अस्पतालमा गत अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम तौलको बालकलाई अस्पतालबाट डिस्चार्ज गर्न लागिएको जापानी चिकित्सकहरुले बताएका छन् । ती बालक जन्मदा २२ सेन्टिमिटर अग्ला थिए अर्थात् स्याउको आकारका थिए । रिउसुके सेकिया नाम राखिएका ती बालककी आमा तोशिकामा उच्च रक्तचापकी बिरामी थिइन् ।  चिकित्सकहरुले तोशिकाको २४ हप्ता पाँच दिनको गर्भबाट सफलतापूर्वक सिजेरियन गरी ती...
वैशाख ६ काठमाडौँ, -सडक कालोपत्र भएको एक वर्षमै गौरीघाट–टुसाल सडकमा खाल्डाखुल्डी हुन थालेको छ । सडक कालोपत्र गर्दा गुणस्तरीय काम नभएकाले एक वर्षमै जीर्ण भएको स्थानीयवासीको गुनासो छ । तोकिएको समयभन्दा बढी समय लगाएर बनेको सडक निर्माण भएको एक वर्षमै जीर्ण बन्दा हिउँदमा धुलो र वर्षामा हिलोको समस्या रहेको स्थानीय रवि भट्टराई बताउनुहुन्छ ।निर्माण व्यवसायीले सम्झौताअनुसार काम नगर्ने, सडक डिभिजन...
वैशाख ६, चितवन । जिल्लाको माडी क्षेत्रबाट सौराहाका होटलमा बँदेल पठाउने गिरोह सक्रिय हुन थालेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षामा कडाइ गरेको छ । निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, निकुञ्ज कर्मचारी र विशेष तालीमप्राप्त कुकुरले सवारी साधनको जाँचमा कडाइ गरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार माडी क्षेत्रमा जङ्गली बँदेल समाएर अर्धचेत बनाई गाडीमा राखेर सौराहाका होटलमा पु¥याउने...