Friday, October 2, 2026
Home अन्तर्राष्ट्रिय गिर्जाघरको छाना खस्दा १३ जनाको मृत्यु

गिर्जाघरको छाना खस्दा १३ जनाको मृत्यु

91
सांकेतिक तस्विर

वैशाख ६,
जोहानेसबर्ग –दक्षिण अफ्रिकाको डर्बानमा गिर्जाघर ९चर्च० को छाना खस्दा त्यहाँ भेला भएका श्रद्धालुमध्ये १३ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरी अधिकारीहरुले ठूलो वर्षापछि उत्तरी डर्बानको डाङ्गुबो नगरमा स्थानीय समयअनुसार बिहीबार साँझ दुर्घटना भएको बताएका छन् । प्रान्तीय मामिला विभागका प्रवक्ता लेनोक्स माबासोले १३ जनाको मृत्यु भइसकेको र १६ जनाको अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो ।रासस