बीबीसी वैशाख ६,
काठमाडौं । यौनहिंसाको समस्या विश्वव्यापी समस्या देखिएको छ । कतिपय यौनहिंसाका घटना बाहिर ल्याउँदा पीडितले शारिरीक र मानसिक यातना मात्रै होइन, जीवन नै गुमाउनु पर्नेसम्मका घटना हुुने गरेका छन् । नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साताअघि मात्रै उनले आफ्ना प्रधानाध्यापकविरुद्ध यौन उत्पीडनको आरोप लगाएकी थिइन् । यौन उत्पीडनविरुद्ध आवाज...
वैशाख ६
काठमाडौं -धेरै कमलाई थाहा छ, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको दोश्रो परिचय पनि छ। ज्ञवाली जति राजनीतिज्ञ हुन् त्यति नै साहित्यकार पनि। २०३३ सालबाट साहित्य सिर्जनामा लागेका ज्ञवालीका एक दर्जन कृति प्रकाशित छन्। राजनीति सँगसँगै साहित्यमा लागेका ज्ञवालीले २०३३ सालमा पहिलो पटक खण्डकाव्य तयार पारेका थिए। तर ज्ञवाली आफैँसँग पनि उक्त कृति यतिबेला सुरक्षित छैन।
भिडिओ हेर्नुहोस् : https://www.youtube.com/watch?v=-Tijp9vyXLM&feature=youtu.be२०५२ सालमा...
बैशाख ६, एजेन्सी,
काठमाडौं । भारतमा हिजो भएको लोकसभा निर्वाचनमा भूलवश अर्कै पार्टीलाई मतदान गरेपछि एक मतदाताले हातको औँला काटेका छन्। उत्तर प्रदेशको बुलान्दसरका मतदाता पवन कुमारले आफूले स्थानीय बहुजन समाज पार्टीलाई मतदान गर्न चाहेको तर विद्युतीय मेसिनमा आफू झुक्किएपछि भारतीय जनता पार्टीलाई मतदान हुन पुगेको भन्दै औँला काटेर फ्याँकेका हुन्।उनले मतदानमा सहभागी भएको संकेतस्वरूप मसी लगाइएको औंला काटेर फालेको...
वैशाख ६,
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालमा लगानी गर्न विभिन्न ३ देशका मन्त्रीहरुसँग आग्रह गरेका छन् । बहराइनका उद्योग मन्त्री जायद आर अलजायनी, मौरिटसका व्यापार, उद्यम मन्त्री सोमिलदुध भोलाह र श्रीलङ्काका विकास योजना तथा अन्तर्राष्ट्रिय व्यापार सहायकमन्त्री नलिन बनडारासँग भेटवार्ता गर्दै मन्त्री यादवले नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।उद्योग सचिव यामकुमारी खतिवडा, बहराइनका लागि नेपाली...
बैशाख ६, एजेन्सी,
काठमाडौं । यसलाई ‘टिल्ट–रोटोर’ नाम दिइएको छ । तर ती हवाइजहाजस्तै छिटो र टाढा उड्न सक्छन् । शक्ति राष्ट्रका सेनाले लामो समयदेखि तिनलाई उडाइरहेका थिए । अब पहिलो पटक सो वायुयान नागरिक प्रयोगका लागि स्वीकृत हुने बाटोमा छ । यसलाई नागरिक प्रयोगका लागि स्वीकृत गर्दा पनि खोज–बचाउ अभियान, व्यवसायीहरूको यात्रा र आपतकालीन चिकित्सकीय उडानका लागि प्रयोगमा जोड...
वैशाख ६,
काठमाडौं । नेपाल टेलिकमले आउँदो १० महिनामा देशभर फोरजी सेवा विस्तार गर्ने भएको छ । फोरजी सेवा विस्तारका लागि टेन्डरको काम सकेर हाल साइट सर्भेको काम ६० प्रतिशत सकिसकेको टेलिकमले बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
फोरजी एलटिइ ९लङ टर्म इभोलुसन० सेवा एक वर्षभित्र सञ्चालनमा ल्याउनु कम्पनीका लागि चुनौतीको विषय रहेको सम्मेलनमा प्रवक्ता प्रतिभा वैद्यले बताइन्...
वैशाख ६,
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघमा उमेरहद लागू नहुने बताउनुभएको छ । संघको ४९ औं स्थापना दिवसका अवसरमा देउवाले आगामी नेतृत्वमा सबै उमेर समूहका विद्यार्थी नेताहरुलाई समेटिने बताउनुभएको छ ।सरकारको गलत क्रियाकलाप विरुद्धमा आन्दोलन गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै नेविसंघलाई तयार रहन देउवाले आग्रह गर्नुभएको छ । बालिका निर्मला पन्तको हत्यारालाई कार्वाही गर्नुको सट्टा बचाउ...
वैशाख ६
नवलपरासी । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाबाट प्रहरीले विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्यलाई पक्राउ पारेको छ । प्रहरीले मध्यबिन्दु नगरपालिका–१, बाहुनीकुनाबाट सो समूहका जिल्ला सदस्य पुरुषोत्तम रेग्मीलाई पक्राउ गरेको हो । उनलाई बिहीबार साँझ आफ्नै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।प्रहरीले यसअघि पनि पूर्वी नवलपरासीबाट विप्लवका ३ नेतालाई पक्राउ गरेको थियो । जिल्लामा कुनै अप्रिय घटना हुन...
बैशाख ६,
काठमाडौं । मुलुकभरी नै पर्यटन जागरणको सन्देश फैलाउने उद्देश्यले किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले ‘मेरो गाउँ, मेरो ठाउँ’ अङ्कित झन्डालाई विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहराउने भएका छन्। १३ औँ पटक सगरमाथाको सफल आरोहण गरिसकेका शेर्पाको नाउँ गिनिज बुक अफ वल्र्ड रेकर्डमासमेत दर्ज छ। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वि विल राईज फाउण्डेसन (हामी उठ्ने...
वैशाख ६,
भक्तपुर । भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन गएराति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा नौ घाइते भएका छन् । घाइते हुनेमा भक्तपुर नगरपालिका–१३ का ३८ वर्षीय माइला दुवाल, भक्तपुर नगरपालिका–४ गपलीका २३ वर्षीय रोजेश शिलाकार, भनपा–१ का २२ वर्षीय अशिष शिलाकार, रौतहट चन्द्रपुर घरभई हाल भक्तपुर चोछे बस्ने १७ वर्षीय उमेश कुमार, काभ्रे मण्डन देऊपुर नपा–२...


