Thursday, July 9, 2026
Home Blog Page 1642
वैशाख ८, बारा — चैत्र १७ गते आएको हावाहुरीमा परी मृत्यु भएका २८ जनालाई राहत वितरण गर्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत कलैया पुगेपनि सबै पीडितले राहत भने पाएनन् । प्रदेश २ का मुख्यमन्त्री राउत शुक्रबार मन्त्री, सांसद र नेता कार्यकर्ताको साथमा गाडीको लावालस्करसहित कलैयाको जिल्ला समन्वय समितिको सभाकक्षमा पुगेका थिए ।अमेरिकी ‘एन्टा’ भन्ने संस्थाको ब्यानर मुनि...
बैशाख ८, काठमाडौं । इन्डियन प्रिमियर लिग(आईपीएल)मा शनिबार राति भएको पञ्जाबविरुद्धको खेल नेपालका लेग स्पीनर सन्दीप लामिछानेका लागि निकै रोचक रह्यो। क्रिजमा क्रिकेट दुनियाँकै आइकन क्रिस गेल र बलिङमा नेपालका १८ वर्षीय क्रिकेटर सन्दीप लामिछाने उभिएको देख्दा विषेश गरी नेपाली क्रिकेटप्रेमीका लागि यो निकै रोमाञ्चक क्षण बन्यो। युनिभर्सल बोसको उपमा पाएका क्रिस गेलसँगको सन्दीपको भेट तनाबपूर्ण र ऐतिहासिक रह्यो।यस...
वेशाख ८, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–४ मा १६ वर्षीया एक किशोरीमाथि नयाँ वर्षको दिन १ वैशाखमा इन्जेक्सन लगाएर सामूहिक बलात्कार भएको छ । ती किशोरी आफन्तको विवाहमा जाँदै गर्दा घोडाघोडी जङ्गलमा बलात्कृत भएकी हुन् । ७ जनाको समूहले ती किशोरीमाथि घोडाघोडी जंगलमा सामूहिक बलात्कार गरेको हो । सातमध्ये ६ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।...
वैशाख ८ काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफूहरुमाथि लगाएको प्रतिबन्ध हटाउन सरकारलाई अनुरोध गरेको छ। प्रतिबन्ध नहटाए, पार्टी नेता/कार्यकर्ताको गिरफ्तारी नरोके, पार्टीमाथिको दमन नरोके सरकारविरुद्ध सशक्त प्रतिरोध गर्ने विप्लवले चेतावनी दिएका हुन्।महासचिव विप्लवको हस्ताक्षरमा शनिबार राति जारी विज्ञप्तिमा शुक्रबार केन्द्रीय सदस्य चुडामणि ओली, चन्द्रबहादुर खड्का र विश्वलाई सरकारले फेरि गिरफ्तारी गरेको उल्लेख छ। ‘यदि केपी...
काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले अवको तीन दिन देशैभरी आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । आइतबार बिहान ६ बजे महाशाखाले जारी गरेको तीन दिनको मौसम पूर्वानुमान यसप्रकार छ ।बैशाख ०८ गते (आईतबार)दिउँसोः देश भरि आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ ।रातिः देश भरि आंशिक देखि सामान्य बदली...
बैशाख ८, जनकपुर । धनुषा जिल्लामा रहेको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्सको शव झुन्डिएको अवस्थामा फेला परेको छ । आइतबार हस्पिटल परिसरभित्रको शौचालयमा झुन्डिएको अवस्थामा महोत्तरीको गौशाला नगरपालिका स्थित रामनगरकी २४ वर्षीय रक्षा आलेको शव फेला परेको हो । प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनले लगभग राति १ बजे शौचालय भित्रैबाट ढोका बन्द...
लक्ष्मी काफ्ले ( नयाँ पत्रिका) बैशाख ८, झापा । गैरकानुनी हिरासतमा नाबालकको मृत्यु भएको घटना तोडमोड गर्न प्रहरीले जनप्रतिनिधिलाई समेत प्रयोग गरेको खुलेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडको थुनुवा कोठामा १ वैशाखको राति ज्यान गुमाएका मेचीनगर–६ का १५ वर्षीय किरण कार्कीडोली दर्जी भारतीय भएको पुष्टि गर्न प्रहरीले राति नै जनप्रतिनिधिलाई मुचुल्कामा सही गराएको थियो । इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी...
ईश्वरराज ढकाल ( नेपाल समाचारपत्र) बैशाख ८, काठमाडौं । विश्वविद्यालयको गुणस्तर खस्कँदै गएपछि सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा उच्च शिक्षा नीति परिषद् गठन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय शिक्षा नीति २०७५ मा सो व्यवस्था गरिएको हो । उक्त नीतिको मस्यौदा मन्त्रिपरिषद्मा पेस भएको छ । उक्त मस्यौदामा उच्च शिक्षालाई व्यवस्थित गर्न, तत्कालीन र दीर्घकालीन नीति...
नेपाल समाचारपत्र, बैशाख ८, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले देशव्यापी जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिहरु खटाएको छ । पार्टी संगठन सुधार र सरकारको गलत क्रियाकलापको भण्डाफोरका लागि उक्त पार्टीले ‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ सुरु गर्न लागेको हो । साथै यस अभियानका क्रममा महासमिति बैठकबाट पारित नीति तथा कार्यक्रम, संशोधित विधान, कांग्रेसको भावी नीति–रणनीतिबारे...
गंगा बराल (नेपाल समाचारपत्र) बैशाख ८, काठमाडौं । संघीय संसद्को बैठक नबसेको बेलामा केही समिति दातृ संस्था संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को पैसामा घुमेका घुम्यै छन् । प्रतिनिधिसभाअन्तर्गतका ७ वटा र राष्ट्रियसभाअन्तर्गतको एउटा समिति यूएनडीपीको सहयोगमा घुम्दै गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद झपटबहादुर रावलले आरोप लगाउनुभएको छ । ‘मलाई प्रस्ट रुपमा थाहा छ, ती समितिहरु यूएनडीपीबाट...