Friday, July 10, 2026
Home Blog Page 1641
वैशाख ८ काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको जहाज चार्टर गरेर चीनको राजकीय भ्रमणमा जाने भएकी छन्। उनको भ्रमणका लागि पराष्ट्र मन्त्रालयले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत् नेपाल एयरलाइन्सको जहाज चार्टर गर्ने निर्णय गरिएको हो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओली चीन जाँदा हिमालय एयरलाइन्सको जहाजमा जाँदा सरकारीलाई बेवास्ता गरिएको भन्दै आलोचना भएको थियो।राष्ट्रपतिको भ्रमण मण्डलका सबै टोली...
वैशाख ८ काठमाडौं । संघीय संसदको बजेट अधिवेशन वैशनाख १६ गतेका लागि बोलाइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १६ गतेका लागि बजेट अधिवेशन अर्थात संसदको वर्षे अधिवेशन आह्वान गरेकी हुन् । वर्षे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिनुका साथै त्यसमाथि छलफल गरेर पारित गरिन्छ । संविधानको व्यवस्थाअनुसार जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्छ...
वैशाख ८ काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले उनीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा शपथ लिनेमा नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र मनोजकुमार शर्मा हुन्। उनीहरूमध्ये ढुङ्गाना र माथेमा उच्च अदालतको मुख्य...
बैशाख ८, धादिङ– पृथ्वी राजमार्गस्थित धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मा पर्ने सलाङघाटमा यात्रुबाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आइतबार बिहान १० बजे काठमाडौंबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको बा४ख १४१५ नम्बरको सो बस दुर्घटना भएको हो । तीब्र गतिको सो बस अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा सडकबाट करीब २५ मिटर तल खसेर दुर्घटनाग्रस्त भएको...
वैशाख ८, काठमाडौँ – श्रीलङ्काका गिर्जाघर र होटलहरूमा शृङ्खलाबद्ध विस्फोटन हुँदा सय जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरी र अस्पतालस्थित स्रोतहरूले बताएका छन्। आइतवार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा गरेर कम्तीमा छवटा विस्फोटन भएका थिए। त्यसपछि पनि थप दुईवटा विस्फोटन भएको समाचार प्राप्त भएको छ। अहिलेसम्म कम्तीमा १३७ जनाको मृत्यु भएको पुष्टि भएको छ। पाँच सयभन्दा बढी...
बैशाख ८ भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार भक्तपुरको तलेजुमा पहिलोपटक पुगेकै दिन विवादमा परेकी छन्।उनले फोटो खिच्न मनाही गरिएको तलेजु मूलचोकको प्रवेशद्वारमै फोटो खिचाएर विवादमा आएकी हुन्। फोटो खिच्न मनाही गरेको ठाउँमा खिचिएको राष्ट्रपति भण्डारीसहितको सामूहिक फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सामाजिक सञ्जालमा राष्ट्रपति जस्तो राष्ट्र प्रमुखले नै नियम पालना नगर्ने भन्दै कडा आलोचना गरिएको छ।फोटो खिच्न मनाही...
बैशाख ८, काठमाडौं–नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार एकताको सबै विषयमा टुंगो लाग्ने दाबी गरेका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले शीर्ष नेतृत्वबीच सांगठनिक एकताका अधिकांश विवादमा सहमति भइसकेको भन्दै बाँकी विषयमा पनि सहमति खोजेर सोमबार एकताको अन्तिम घोषणा हुने दाबी गरेका हुन् । उनले आइतबार बिहानमात्रै पनि बालुवाटारमा एकतालाई टुंगोमा पुर्याउनेबारे छलफल भएको भन्दै दिनभरको गृहकार्यपछि...
वैशाख ८, बीबीसी, काठमाडौँ - सयौँ मानिसहरू प्रार्थना गर्न भेला भएको बेला गिर्जाघरहरूमा विस्फोटन भएको थियो। श्रीलङ्काका गिर्जाघर र होटलहरूमा विस्फोटन हुँदा दर्जनौँ मानिसहरू हताहत भएको विवरण प्राप्त भएको छ। शनिवार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा गरेर कम्तीमा छवटा विस्फोटन भएका थिए। अहिलेसम्म कम्तीमा ५० जनाको मृत्यु भएको पुष्टि भइसकेको बताइएको छ। ती घटनामा दुई सय जनाभन्दा...
वैशाख ८, बीबीसी, काठमाडौं ।  श्रीलङ्काका गिर्जाघर र होटलहरूमा विस्फोटन हुँदा धेरै मानिसहरू हताहत भएको विवरण प्राप्त भएको छ।गिर्जाघर र होटलमा गरेर कम्तीमा छवटा विस्फोटन भएको बताइएको छ। प्रारम्भिक जानकारीका अनुसार विस्फोटनमा परेर कम्तीमा २० जनाको ज्यान भएको छ भने दुई सय जनाभन्दा बढी मानिसहरू घाइते भएका छन्। आइतवार कोच्चिकाडे, कटुवापिटिया र बट्टिकलोआस्थित गिर्जाघरमा आइतवार बिहान विस्फोटन भएको थियो। मध्य...
बैशाख ८, काठमाडौं -मस्तिष्कमा रहेका धमनी फुटेर रक्तस्राव हुनु वा रगत जमेर रक्तनली थुनिई पोषक तत्व र अक्सिजन आपूर्ति रोकिँदा स्नायु तन्तु मर्नु मस्तिष्कघात हो । यो मस्तिष्कको कार्यक्षमतामा अचानक आउने ह्रास हो, जसले अधिकांशमा पक्षघात निम्त्याउँछ । मस्तिष्कघात धरै किसिमका हुन्छन् । स्केमिक स्ट्रोक, हेमोह्र्याजिक स्ट्रोक, क्रिप्टोजेनिक, ट्रान्सियन्ट स्केमिक एट्याक (टिआइए) र ब्रेन स्टिम स्ट्रोक मुख्य हुन् ।प्रभाव टिआइए मस्तिष्कघात भएमा तत्कालै आफैं रगत...