Saturday, September 26, 2026
Home ताजा अपडेट प्रतिबन्ध नहटाए सशक्त प्रतिरोध गर्ने विप्लवको चेतावनी

प्रतिबन्ध नहटाए सशक्त प्रतिरोध गर्ने विप्लवको चेतावनी

149

वैशाख ८
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफूहरुमाथि लगाएको प्रतिबन्ध हटाउन सरकारलाई अनुरोध गरेको छ। प्रतिबन्ध नहटाए, पार्टी नेता/कार्यकर्ताको गिरफ्तारी नरोके, पार्टीमाथिको दमन नरोके सरकारविरुद्ध सशक्त प्रतिरोध गर्ने विप्लवले चेतावनी दिएका हुन्।

महासचिव विप्लवको हस्ताक्षरमा शनिबार राति जारी विज्ञप्तिमा शुक्रबार केन्द्रीय सदस्य चुडामणि ओली, चन्द्रबहादुर खड्का र विश्वलाई सरकारले फेरि गिरफ्तारी गरेको उल्लेख छ। ‘यदि केपी सरकारले हाम्रो पार्टीमाथिको दमनलाई रोकेन, प्रतिबन्ध हटाएन, गिरफ्तारी रोकेन भने हामी यसका विरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौं। हामी अहिले पनि भन्दछौं हामीलाई बाध्य नपारियोस्,’ विप्लवले भनेका छन्।

जनतालाई साथमा लिएर गरिने प्रतिरोधको परिणामको जिम्मेवार सरकार हुने चेतावनी पनि विप्लवले दिएका छन्। सरकारले गत फागुन २८ गते विप्लव नेतृत्वको समूहका क्रियाकलापमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।