सिपाघाटकी सरिताको शंकास्पद मृत्युः बालुवापाटीबाट श्रीमान पक्राउ

137

बैशाख १४, काभ्रेपलाञ्चोक (सिपाघाट) । मण्डनदेउपुर–६ सिपाघाटकी २५ बर्षिया सरिता (दाहाल) दुलालको रहस्यमय मृत्यु भएको छ । १२ गते साझँसम्म घरायसी काम गरेकी सरिता बिहान सबैरै नउठेपछि छिमेकीले ढोका ढकढक्याउन थाले । तर उनीको स्वर नसुनेपछि उनीहरुले प्रहरीलाई खबर गरे । प्रहरी सरिताको घरमा पुग्यो, शरिरभरी निलडाम थियो उत्तानो परेको अवस्थामा शव लडिरहेको थियो । तर सामान्य मृत्यु भनेर पत्याउनै मुस्किल पर्ने अवस्थाको थियो । त्यसपछि प्रहरीले श्रीमानको खोजी गर्दा सुदिप दुलाल फरार भैसकेका थिए ।

प्रहरीले मृतकको ससुरा पिताम्बर दुलाल सासु गंगा दुलाल जेठाजु केशव दुलाल र जेठानी संगिता दुलाललाई नियन्त्रणमा लिएको छ । उनी स्थानीय महादेव प्रावीको शिक्षिका समेत हुन् । घटनापछि फरार रहेका दुलाललाई सोही नगरपालिका–२ बालुवापाटीबाट आज बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।