सुन काण्डमा फसेपछि भयो ‘जात्रै जात्रा’ (ट्रेलर रिलिज)

84

वैशाख १३,
काठमाडौं । फिल्म ‘जात्रै जात्रा’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा सुन काण्डलाई मुख्य विषय वस्तु बनाइएको छ । प्रदिप भट्टराई निर्देशित फिल्मको ट्रेलर हेर्नुस् :

जेठ ३ गते देखि प्रदर्शनमा आउने फिल्म ‘जात्रै जात्रा’ मा विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, कृष्ण भक्त महर्जन लगायत कलाकारहरुको अभिनय रहेको छ । यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी रहेको फिल्मको कथा निर्देशक भट्टराईले नै तयार पारेका हुन् । शिव राम श्रेष्ठले खिचेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका छन् । फिल्मको दुई गीतहरु पनि सार्वजनिक भैसकेका छन् ।Ramailochha