हत्या आरोपमा लोग्नेसहित ३ जना पक्राउ

178

बैशाख १६,
तौलिहवा । कपिलवस्तुको वाणगङ्गा नगरपालिका– ८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारुको हत्या भएको छ । सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको वाणगङ्गा खोला किनारमा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका श्रीमान् २१ वर्षीय सुरेश थारुसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताए । प्रक्राउ परेका तीनजना उपर घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।