Monday, July 13, 2026
Home Blog Page 1609
बैशाख २१, विराटनगर । भैंसीलाई बलत्कार गरेको भन्दै जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । मोरङको रतुवामाइ नगरपालिका – २ का ४० वर्षिय मङ्गल हस्दाले सोही ठाउँ बस्ने रानी टुढुको भैसी करणी गरेको आरोपमा जिल्ला अदालत मोरङमा भैसी धनीको तर्फबाट शुक्रबार ‘फिराद’ दर्ता भएको हो । हस्दाले छिमेकीको गोठमा बाधेको भैसीलाई ७ सय मिटर पश्चिम एकान्त बास झ्याङ्गगमा...
बैशाख २१, एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारको नागरिकतालाई लिएर पछिल्लो समय प्रश्न उठिरहेको थियो । भारतमा जारी संसदीय निर्वाचनमा मतदान नगरेपछि यो उनीमाथि प्रश्न उठ्न थालेका थिए । हालै पत्रकारले लोक–सभा निर्वाचनमा मतदान नगर्नुको कारण सोध्दा अक्षय कुमार जवाफ पन्छाउन खोजिरहेका देखिन्छन् । सो सम्बादको भिडियो हाल भारतीय समाजिक संजाल प्रयोगकर्तामाझ व्यापक ट्रोल भइरहेको छ । मतदान...
बैशाख २१, नयाँदिल्ली । बंगालको खाडीमा विकसित शक्तिशाली समुद्री चक्रवात फानीका कारण भारतको पूर्वी तटीय राज्य उडिसामा तीनजनाको मृत्युका हुनुका साथै ठूलो धनमालको क्षति भएको छ । बुधबार बिहान बंगालको खाडीको विकसित फानी शुक्रबार बिहान १० बजे उडिसाको तटीय क्षेत्रमा प्रवेश गरेको थियो । त्यसको असर स्वरूप करिब १७४ किमि प्रतिघन्टाको गतिले आएको डरलाग्दो आँधीले उक्त क्षेत्रमा तीन जनाको...
-रामकृष्ण अधिकारी ( अन्नपूर्ण पोष्ट) बैशाख २१, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा वैशाख १७ गते फरक दृश्य देखियो। निवासमा भीडभाड थियो। प्रदेश २ का पार्टी सहइन्चार्ज विश्वनाथ शाह र अध्यक्ष प्रभु शाह एक हूल मानिस लिई दाहाल निवास पुगेका थिए। तराई–मधेस फोरम अध्यक्ष अमर यादवलगायत उनको पार्टी नेकपामा विलय गराउने कार्यक्रम हुँदै थियो त्यहाँ। दाहालले त्यस्तो पार्टी...
घनश्याम भुसाल ( अन्नपूर्णपोष्ट)राजनीतिक पार्टीहरूमा मुख्यतः तीन अस्पष्टता छन्। सिद्धान्त, संगठन र कार्यशैलीगत अस्पष्टता छ। यसलाई एउटै शब्दमा पनि भन्न सकिन्छ। सिद्धान्तको अस्पष्टताले संगठनमा अस्पष्टता ल्याउँछ। र त्यसले कार्यशैलीमा अस्पष्टता र विकृति ल्याँउछ। यो एउटै प्रक्रिया हो। त्यही एउटै प्रक्रियाका तीन पक्ष हुन्। मुख्यतः हामीले भनिरहेको के हो ? हामीले कस्तो समाज चाहेका हौं रु कस्तो राजनीति चाहेका...
रमेश सापकोटा (नयाँ पत्रिका दैनिक) बैशाख २१, काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले छाया सरकार गठनका लागि सांसदहरूबाट आवेदन मागेको चार महिनापछि सम्भावित मन्त्रीको नाम तय गरेको छ । २१ वटै मन्त्रालयमा छायामन्त्री बनाउने गरी नाम प्रस्ताव गरेको हो । गगन थापा, डा। मीनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की, डा। नारायण खड्का, मानबहादुर विश्वकर्मा, बद्री पाण्डेलगायत नेता प्रस्तावित मन्त्रीको सूचीमा छन् । सभापति शेरबहादुर...
स्वप्निल स्मृति ( नयाँ पत्रिका) बैशाख २१, काठमाडौं ।आमा त गइन् । हिउँदमा आमैले सुकाएको बिस्कुनमा अचानक भुँवरी उठेजस्तो । छाउँदा–छाउँदै घरको छाना हुन्डरीले भुत्ल्याएजस्तो । कुन समुद्र–कुन क्षितिजबाट उठी आएर, कहीँ नपाएर ठीक हाम्रै घरधुरीमाथि पड्किने मेघबिजुलीजस्तो । चुट्दो असिनापानीसँगै जुठेल्नोबारीको काभ्राको रूखलाई ताकेर बज्रिएको चट्याङजस्तो । कति—कति पुज्दा पनि सधैँ अतृप्त, आफ्नै घरभित्रको देवता रिसाएजस्तो । आमा गएको ठीक यसरी...
-हेमराज ढकाल ‘सुमन’आमा तिम्रो महिमालाई वर्णन गर्न सक्दिन म तिमीले जस्तो बलिदानी कुनै जुनीमा पनि दिन सक्दिन म ।आमा तिमी भोकै बस्यौ कति दिन सन्तानको पेट भर्न हामीलाई बचाउनका लागि तयार भयौ तिमी आफैं मर्न ।आमा तिम्रो सन्ताललाई पीडा हुदाँ सधै तिम्रो आखाँ रसाउथ्यो काडाँ मेरो पाउमा बिझ्दा तिम्रो मुटु झस्काउथ्यो ।आमा तिमी किन आज बोझ भयौ दुनियाँलाई हेला गर्न थाले सन्तानले आफुसंग राख्न पनि तिमीलाई ।आमा तिम्रो दुधको भारा कोखको त्याग...
बैशाख २१, काठमाडौं । आज मातातिर्थ औशी अथार्थ आमाको मुख हेर्ने दिन । ममताकी प्रतीक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रुपमा आज वैशाख कृष्णपक्ष औंशीलाई मातातीर्थ औंशी पर्वका रुपमा मनाइदै छ । प्रत्येक वैशाख कृष्णपक्ष औंशीका दिन मनाईने मातातीर्थ औंशी दिन विशेषगरि छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा लुगा लगाउन र मीठा खानेकुरा खान...
बैशाख २० सिड्नी । सोलोमोन द्वीपमा शुक्रबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको छ । बुआलाबाट एक सय ४५ किलोमिटर उत्तरपूर्व रहेको स्थानमा सो भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।सो भूकम्पका कारण हालसम्म सुनामीको चेतावनीको सूचना भने जारी गरिएको छैन । भूकम्पपछि जनधनको क्षतिको पनि कुनै समाचार प्राप्त भएको छैन । सिन्ह्वा