कविताः आमा

-हेमराज ढकाल ‘सुमन’

आमा तिम्रो महिमालाई
वर्णन गर्न सक्दिन म
तिमीले जस्तो बलिदानी
कुनै जुनीमा पनि दिन सक्दिन म ।

आमा तिमी भोकै बस्यौ
कति दिन सन्तानको पेट भर्न
हामीलाई बचाउनका लागि
तयार भयौ तिमी आफैं मर्न ।

आमा तिम्रो सन्ताललाई पीडा हुदाँ
सधै तिम्रो आखाँ रसाउथ्यो
काडाँ मेरो पाउमा बिझ्दा
तिम्रो मुटु झस्काउथ्यो ।

आमा तिमी किन आज
बोझ भयौ दुनियाँलाई
हेला गर्न थाले सन्तानले
आफुसंग राख्न पनि तिमीलाई ।

आमा तिम्रो दुधको भारा
कोखको त्याग नबुझ्नेलाई
मिल्ला शान्ति कहाँ मनमा
तिम्रो आशुँ बगाउनेलाई ।।

-काभ्रे , हालः भक्तपुर