भक्तपुरको दुवाकोटबाट दुई जना पक्राउ

175

असार ५,
भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विहिबार चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटबाट सिन्धुपाल्चोक लिसंखुपाखर गाँउपालिका घर भई हाल भक्तपुर दुवाकोट बस्ने २६ वर्षको पुरण परियार र रुपन्देही घर भई हाल ऐ.बस्ने २३ वर्ष राधेश्याम बेलदार रहेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ब्राउन सुगर जस्तो देखिने ५.५ ग्राम लागुऔषध उनीहरुलाई पक्राउ गरिएको परिसरका सूचना अधिकारी प्रवक्ता प्रनाउ रेवतीरमण पोखरेलले बताए । भक्तपुर जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।