माछापुच्छ्रे बैङ्कलाई ३ अर्बको ऋणपत्र निष्कासन गर्न अनुमति

193

असार ८,
काठमाडौँ । माछापुच्छ्रे बैङ्क लिमिटेडले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैङ्कले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैङ्कले लगानीयोग्य पुँजी जुटाउन ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्रको वार्षिक ब्याजदर १०।२५ प्रतिशत छ । यो दर मुद्धति निक्षेपमा पाउँने भन्दा बढी हो ।

प्रतिकित्ता १ हजार दरको ऋणपत्रको संख्या ३० लाख कित्ता छ । ऋणपत्र ७ वर्ष अवधिको छ । ऋणपत्रबाट संकलन हुने रकम कर्जा लगानी, तरलता व्यवस्थापन र शाखा विस्तारमा खर्च गर्ने छ ।