Friday, July 24, 2026
Home Blog Page 1469
असार १७, काठमाडौं । मङगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से ११।०२ अंकले बढेर १,२५३।०६ अंकको बिन्दुमा कायम भएको छ । ट्रेडिङ, उत्पादनमुलक र अन्य बाहेक सबै उपसुचक बढेका छन् । दिनभरमा १ सय ७० वटा कम्पनीको १४ लाख ६६ हजार ८ सय ९७ कित्ता शेयर ६ हजार १ सय ५७ पटक खरिदविक्री हुँदा ४२ करोड ९४ लाख...
असार १७, काठमाडौं । दीपक-दीपा समुहको नयाँ फिल्म ‘छ माया छपक्कै’ को छायांकन पनि पूरा नहुँदै सर्वाधिक महँगो मुल्यमा ओभरसिज राइट्स विक्री भएको छ । निशान बजगाईंले फिल्मको विदेश राइट्स १ करोड १६ लाखमा खरिद गरेका छन् । स्रोतका अनुसार, उनले अन्तिम बोली १ करोड १५ लाख लगाएका थिए । तर, दीपक-दीपाले आफूहरुलाई ६ अंक फाप्ने भएका कारण एक लाख...
असार १७, काठमाडौं । एम्नेस्टी इन्टरनेशनल नेपाललगायत विभिन्न संस्थाले यही असार ११ गते श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले लागुऔषधको अपराधमा कारागारमा रहेका चारजनालाई मृत्युदण्डको सजाय कार्यान्वयनका लागि अधिकारपत्रमा हस्ताक्षर गरेकोप्रति शान्तिपूर्ण विरोध गरेका छन् ।उक्त संस्थासहित एड्भोकेसी फोरम, जवाफदेहिता निगरानी समूह, जुरी नेपाल, द्वन्द्वपीडित साझा चौतारीलगायत सङ्घसंस्थाले आज काठमाडौँको महाराजगञ्जस्थित श्रीलङ्काली दूतावास अगाडि पुगेर सो विरोध गरेका हुन् ।श्रीलङ्काली सरकारले विगत...
एजेन्सी, असार १७, मेक्सिको सिटी। मेक्सिको–अमेरिका सीमा नदी रियो ग्रान्डेमा डुबेर मृत्यु भएका ओस्कार मार्टिनेज र उनकी २३ महिनाकी छोरी भ्यालेरीको एलसाल्भाडोरमा सोमबार दाहसंस्कार गरिएको छ । अवैध आप्रवासीका रुपमा संयुक्तराज्य अमेरिका प्रवेश गर्नेक्रममा सीमा नदी रियो ग्रान्डेमा डुबेर उनीहरु दुबैको गत जुन २३ मा मृत्यु भएको थियो । उनीहरु मध्य अमेरिकी मुलुक एलसाल्भाडोरका स्थायी बासिन्दा हुन् ।साल्भाडोरका सञ्चार माध्यमका...
असार १७, चितवन । नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा लाखबत्ती बालिने भएको छ ।कांग्रेस चितवनले नारायणी नदी किनारमा लाखबत्ती बाल्नका लागि जिल्ला सदस्य झलक गुरुङको संयोजकत्वमा तयारी शुरु गरिएको हो । दुई सय पालामा एक लाखभन्दा बढी बत्ती बाल्ने तयारी गरिएको संयोजक गुरुङले बताए।यससँगै नारायणी किनारमा हुने गण्डकी नारायणी संरक्षण महाआरतीको...
एजेन्सी, असार १७, रियाद । साउदी अरेबियाको दक्षिणमा अवस्थित अभा अन्तर्राष्ट्रिय विमानस्थलमा यमनमा संघर्षरत हुथी विद्रोहीहरुले फेरि आक्रमण गरेको साउदी सरकारले जनाएको छ । उक्त आक्रमणबाट नौ जना सर्वसाधारण घाइते भएका छन् । यमनका विद्रोही विरुद्ध संघर्षरत साउदी गठबन्धनका प्रवक्ता कर्णेल तुर्की अल मलिकीले घाइतेमध्ये आठ जना साउदी नागरिक रहेको जानकारी दिए । अर्का घाइते व्यक्ति भारतीय नागरिक हुन् ।...
असार १७, काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदहरुमा गरेको खुला विज्ञापनमा ४ लाख १८ हजार ४७ जनाको आवेदन परेको छ । आयोगले दरखास्तका लागि दिएको अन्तिम समयसीमाको अघिल्लो दिनसम्म हेर्दा आवश्यकताभन्दा कैयौं गुणा बढीले आवेदन बुझाएका छन् । आयोगले गत जेठ १५ मा स्थानीय तहका प्राविधिक र अप्राविधिक पदहरुमा ९१६१ कर्मचारी माग गर्दै असार ३ सम्म ‘सिंगल’ र...
असार १७, काठमाडौं । तेत्तीस किलो सुन अवैध निकासी तथा सनम शाक्य हत्या प्रकरणमा आदेश गर्ने उच्च अदालत विराटनगरका न्यायाधीश उमेश सिंह सेवाबाट बर्खास्त भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा सोमबार साँझ बसेको न्याय परिषद बैठकले बदनियतपूर्ण आदेश गरेको अभियोगमा सिंहलाई सेवाबाट बर्खास्त गरेको हो । छानबिनमा रहेका आठमध्ये सिंहमात्र सेवाबाट बर्खास्तमा पर्नुभएको हो ।यस्तै, परिषदले न्यायाधीशद्वय साधुराम...
एजेन्सी, असार १७, काठमाडौं । दुनियाँमा एउटा प्रेमजोडी यस्तो छ, जसले एक अर्काको रगत पिउँदछ । सुन्दैमा झसङ्ग भइने यो सत्य घटना इटालीको हो । इटालीका ती ब्वायफ्रेण्ड र गर्लफ्रेण्डले एक अर्काको रगत पिउँदछन् । यसको कारण पनि निकै अनौठो छ । द मिररका अनुसार करीब पाँच वर्ष पहिले डेनिस नामका ती युवकलाई सर्कसका लागि एकजना सहायक चाहिएको...
असार १७, काठमाडौँ । नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले नयाँ गीत रिलिज गरेका छन्।सोमबार उनले 'मेमोरी' बोलको नयाँ गीतको भिडिओ रिलिज गरेका हुन्। सन्दिपको 'मायालु' एल्बमा समाविष्टगीतलाई उल्लास मक्रातीले लेखेका हुन भने संगीतमा लामिछानेले राजन मगरसँग सहकार्य गरेका छन्।गीतको भिडियोमा सन्दीप आफ्ना राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी आदिसँग फिचर्ड भएका छन्। भिडिओलाई ज्ञानेन्द्र शर्मा हुमागाईँले निर्देशन...