नेप्से आज ११.०२ अंकले बढ्यो

80

असार १७,
काठमाडौं । मङगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से ११।०२ अंकले बढेर १,२५३।०६ अंकको बिन्दुमा कायम भएको छ । ट्रेडिङ, उत्पादनमुलक र अन्य बाहेक सबै उपसुचक बढेका छन् । दिनभरमा १ सय ७० वटा कम्पनीको १४ लाख ६६ हजार ८ सय ९७ कित्ता शेयर ६ हजार १ सय ५७ पटक खरिदविक्री हुँदा ४२ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै मेगा बैंकको ४ करोडमाथिको कारोबानर भएको छ ।

त्यसैगरी प्रभु बैंक, स्टयान्डर्ड चार्टर्ड र नेपाल बैंकको २ करोडमाथिको कारोबार भएको छ । सेञ्चुरी कमर्सियल बैंक, एनआईसी एशिया, प्राइम कमर्सियल बैंक, सिवम् सिमेन्ट र एनसीसी बैंकको क्रमश १ करोडमाथिको कारोबनर भएको छ । स्वरोजगार लघुवित्त विकास बैंकका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् भने यूनियन हाइड्रो र सिभिल लघुवित्तका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।