Sunday, September 27, 2026
Home अनौठो यात्रु विमानको ल्यान्डिङ गियरभित्र लुकेर यात्रा गरि रहेको वेला ल्यान्डिङ गियर खुलेपछि…

यात्रु विमानको ल्यान्डिङ गियरभित्र लुकेर यात्रा गरि रहेको वेला ल्यान्डिङ गियर खुलेपछि…

610

एजेन्सी, असार १८,
काठमाडौं । बेलायतमा उडिरहेको प्लेनबाट खसेका एकजनाको मृत्यु भएको छ । समाचार एजेन्सीहरुका अनुसार हिथ्रो विमानस्थलमा अवतरण गर्ने क्रममा रहेको केन्या एयरलाइन्सको विमानबाट एक यात्रु जमिनमा खसेको हो । ती यात्रु उक्त विमानको ल्यान्डिङ गियरभित्र लुकेर यात्रा गरिरहेको अवस्थामा थिए । विमान अवतरणको क्रममा ल्यान्डिङ गियर खोलेपछि उनी तीन हजार ५ सय फिट माथिबाट जमिनमा खसेको बताइएको छ ।

अहिले सम्म भने मृतकको पहिचान खुल्न नसकेको बताइएको छ । दक्षिण लन्डनको आवासीय क्षेत्रमा रहेको एउटा घरको बगैंचामा ती व्यक्ति खसेका थिए । स्रोतका अनुसार उनी खसेको स्थानबाट करिब तीन फिटको दुरीमा घर मालिक घाम तापेर बसिरहेका थिए । ‘एकछिनसम्म म त ट्वाल्ल परेँ,’ ती घर मालिकले भने, ‘आकाशबाट मान्छे पो खस्यो, सोच्नै नसक्ने घटना हो त्यो ।’ ती व्यक्ति जमिनमा खस्दा ठूलो आवाज आएको प्रत्यक्षदर्शीको भनाइ छ । उनी खसेको स्थानमा जमिनसमेत भासिएको छ ।