९ महिने अबोध बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ

370

असार १८,
सिरहा । सिरहाको लहान नगरपालिका २४ गोविन्दपुर महलनमा ९ महिने अबोध बालिका बलात्कृत भएकी छन् । प्रहरीले मंगलबार बालिका बलात्कार गरेको आरोपमा १४ वर्षीय एक बालकलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बालिकालाई घरमा एक्लै छाडेर खेतमा काम गर्ने घरका सदस्यलाई खाजा पुर्याउन जाँदा बालकले उनीमाथि यस्तो घटना घटाएको हो । खाजा पुर्याएर घर फर्किँदा ती बालकलाई बालिकाकी आमाले घरमै भेटेपछि उजुरी दिएकी हुन् ।

स्थानीयले समेत सूचना दिएको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । बालिकाको यौनीबाट रक्तश्राव भएपछि प्रहरीले उनलाई स्वास्थ्य परिक्षणका लागि बाहिर पठाएको छ । इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।